चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला पुल नजिकै निरन्तर खसिरहेको पहिरो भीमकाय बनिरहेको छ। शुक्रबार बेलुका साढे ६ बजेदेखि तीव्र गतिमा खस्न थालेको पहिरोले सडकमा १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइको पहाड बनाएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार, रातभर पहिरो खस्ने क्रम जारी रहँदा तीन वटा एक्साभेटर र लोडर लगाएर पनि काम गर्न सकिएको छैन। माथिबाट निरन्तर खसिरहेको ढिस्कोले काम गर्ने कर्मचारीलाई समेत जोखिममा पारेको छ।
इन्जिनियर घिमिरेले भने, “पहिरोको पहाड सडकमा बसेको र लगातार खसिरहेको कारण पूर्ण क्षमतामा काम गर्न सकिएको छैन। तर, हामीसँग पहिरो पन्छाउने पर्याप्त साधन उपलब्ध छन्।”
वैकल्पिक बाटोको प्रयोग आग्रह
सडक खोल्न असम्भव भएपछि डिभिजन सडक कार्यालय, प्रहरी र प्रशासनले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छन्। हालको अवस्थामा हेटौँडाको बाटो मात्र भरपर्दो विकल्प रहेको छ।
अर्को विकल्प, हुग्दिखोला हुँदै पहाडी सडकमार्फत शक्तिखोर झर्ने बाटो पनि छ, तर यसमार्गमा फोर–ह्वील सवारी साधन मात्र चल्न सक्नेछ। साना सवारी साधनका लागि यो बाटो पर्याप्त सुरक्षित नहुने डिभिजन सडक कार्यालयले जनाएको छ।
यस्तै, गत हप्तामा पनि त्यही स्थानमा सानो पहिरो खस्दा भारतीय नम्बर प्लेटको ट्रकमा ढुङ्गा लागेर चालक गम्भीर घाइते भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...
चैत्र १९ गते, २०८२ - १८:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...
चैत्र १९ गते, २०८२ - १८:३२
काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...
चैत्र १९ गते, २०८२ - १८:२८
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...


प्रतिकृया लेख्नुहोस्: