Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन निर्देशन

खबरडबली संवाददाता

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दसैँ, तिहार तथा छठ पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडा दरभन्दा बढी नलिन निर्देशन दिएको हो। 

चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको दरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। 

‘चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौँ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गर्ने तयारी गरिएको छ’, उनले भनिन्, ‘प्रशासनको निर्देशनलाई अवज्ञा गरेको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ । यसमा व्यवसायीहरूसमेत सहमत भएका छन्।’

चाडपर्वमा यात्रुको आवागमन सहज र सुरक्षित यात्रा बनाउन भाडा दर नियमनमा कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ । हरेक वर्ष चाडपर्वमा घर जाने र फर्कने यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउनेलगायत समस्या देखिँदै आएकाले यस पटक प्रशासनले विशेष निगरानी गर्ने प्रजिअ श्रेष्ठले जानकारी दिइन्। 

प्रशासन र यातायात व्यवसायीबिच यसअघि भएको बैठकले तोकेको भाडादरअनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ६१०, दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी बसको भाडा रु एक हजार ५०० कायम गरिएको थियो । जिपमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार तथा दिक्तेल–धरान–विराटनगर तथा विराटनगर–धरान–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १०० कायम गरेर कार्यान्वयनमा ल्याइएको छ। 

छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनलाई यसअघि निर्धारण गरिएको दरअनुसार यात्रुबाट भाडा लिएर यात्रा गराउन प्रशासनले आग्रह गरेको छ । जिल्लामा निर्धारण गरिएको भाडा दर अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण समिति र यातायात व्यवसायी सङ्घ तथा विभिन्न संस्था सम्मिलित संयुक्त टोली खटाइने प्रशासन कार्यालयले जनाएको छ। 

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा सञ्चालित सबै यातायातका साधनको भाडा दर पुरानै रहने गरी कायम गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । ‘गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि मुलुक रोइरहेको छ। यस्तो अवस्थामा सबै समस्या र चिन्तामा छन्’, उनले भने, ‘देश निर्माणका लागि यातायात व्यवसायीको महत्त्वपूर्ण भूमिका हुन्छ । यात्रुको सहजताका लागि हाललाई पुरानै भाडा दर कायम गरेका हौँ । यदि कसैले तोकिएको भाडादरभन्दा बढी लिएको खण्डमा कारबाहीको दायरामा ल्याउँछौँ।’

दश स्थानीय तह रहेको जिल्लाका सबै ठाउँमा यातायातका साधन सञ्चालन हुन्छन् । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने यातायातका साधनबाट यात्रुहरू सबैभन्दा बढी ठगिने गरेका गुनासो आउने गरेको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending