काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला मनाङका अत्यन्तै दुर्गम र विकट क्षेत्रहरूमा नयाँ बीटीएस स्थापना गरी 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
मनाङ जिल्लाको वडा नं.-१ पिसाङ, वडा नं.-३ फवल, वडा नं.-८ टंकी र वडा नं.-९ खाङसार क्षेत्रमा विगत लामो समयदेखि V-SAT प्रविधिबाट 2G सेवा सञ्चालन हुँदै आएको थियो। तर पर्यटन, स्थानीय आवागमन र व्यवसायीहरूको माग बढेसँगै गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भएकोले नेपाल टेलिकमले आश्विन ४ गतेदेखि यी क्षेत्रहरूमा 4G सेवा सुरु गरेको हो।
भौगोलिक विकटताका कारण रेडियो लिंकबाट सेवा सञ्चाल्न नसकिने अवस्थामा बेँसीसहर–खाङसार ADSS लिंक सञ्चालन भएपछि उक्त क्षेत्रमा 4G सेवा सम्भव भएको कम्पनीले जनाएको छ।
त्यस्तै, तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा 4G सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ।
चामे गाउँपालिका-३ स्थित कोटोगाउँमा नेटवर्कको कभरेज कमजोर भएको गुनासोका कारण तथा स्थानीय वासिन्दा र हाइड्रोपावर क्षेत्रमा काम गर्ने ग्राहकको मागअनुसार नेपाल टेलिकमले नयाँ बीटीएस स्थापना गरी आश्विन १ गतेदेखि 2G र 4G सेवा सञ्चालनमा ल्याएको छ।
नासोङ गाउँपालिका वडा नं.-१ तालगाउँमा पहिले 2G र 3G सेवा उपलब्ध थियो। तर आश्विन ५ गतेदेखि 4G सेवा थप गरी सञ्चालनमा ल्याइएको छ। यस सेवाले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज प्रदान गर्नेछ।
मनाङ जिल्लाका धेरै स्थानमा सेवा स्तरोन्नती र नयाँ सेवा सञ्चालन भएपछि नार्पाभूमी गाउँपालिका बाहेक अन्य सम्पूर्ण पालिकामा 4G सेवा पुगेको छ। नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने V-SAT प्रणालीबाट सेवा सञ्चालन भैरहेको छ।
नेपाल टेलिकमले दूरदराजका क्षेत्रमा पनि गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन सधैं उच्च प्राथमिकता दिने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...
चैत्र १९ गते, २०८२ - १८:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...
चैत्र १९ गते, २०८२ - १८:३२
काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...
चैत्र १९ गते, २०८२ - १८:२८
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...


प्रतिकृया लेख्नुहोस्: