Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मन्त्री बनेका पुन, खरेल, सिन्हा र परियार काे हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । अन्तरिम सरकारका चार नयाँ मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधारमन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार नियुक्त भएका छन्। यो नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् सात सदस्यीय भएको छ।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक योजना तथा निर्माण र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ नियुक्त भइसकेका छन्। स्वास्थ्य मन्त्रीमा प्रस्तावित डा. संगीता कौशल मिश्राको नियुक्ति भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका कारण रोकेको छ।

मन्त्रीहरूको संक्षिप्त परिचय
महावीर पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
म्याग्दीको नाङी गाउँमा जन्मिएका पुनले १२ वर्ष शिक्षकको रूपमा काम गरे। अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक गरेका उनले १९९२ मा नेपाल फर्केर गाउँमा शिक्षा र प्रविधिको पहुँच विस्तार गरे। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष पुनले २००७ मा रामोन म्याग्सेसे पुरस्कार र २०७९ मा नेपाल सरकारको भवन कीर्ति रत्न पुरस्कार प्राप्त गरेका छन्। उनको आत्मकथा ‘महावीर पुन’ प्रकाशित छ।

अनिलकुमार सिन्हा, उद्योग तथा भूमिसुधारमन्त्री
सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले २०८० मा अवकाश पाएका थिए। कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिलका रूपमा चिनिने उनले सात वर्षसम्म सर्वोच्चमा संवैधानिक फैसलाहरू गरे। केपी ओली सरकारको संसद विघटनविरुद्ध र लोकमानसिंह कार्कीको अख्तियार नियुक्ति विवादमा उनको राय महत्त्वपूर्ण थियो।

जगदीश खरेल, सञ्चार, सूचना तथा प्रविधिमन्त्री
दोलखाका खरेल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। इमेज टिभीमा समाचार प्रमुख रहेका उनले ‘हट सिट’ कार्यक्रम सञ्चालन गर्छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका खरेल अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधि गर्दैछन्।

डा. मदन परियार, कृषिमन्त्री
समता फाउन्डेसनका अध्यक्ष डा. परियार जलवायु र कृषिविज्ञ हुन्। सप्तरीका उनले संविधानसभाको राज्य पुनर्संरचना आयोगको संयोजकको भूमिका निर्वाह गरेका थिए। दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति परियारले उदयपुर सिमेन्ट र वीरगन्ज कृषि औजार कारखानाको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। उनको फाउन्डेसन जातीय भेदभावमुक्त समाज र अल्पसंख्यक अधिकारका लागि सक्रिय छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: