भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताएको छन् । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उनले आग्रह गरेको छन् ।
प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग भक्तपुर गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले छलफल गदैै सो कुरा बताभएको हो । ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो ? यसलाई आम पार्टी पङ्ति लोकतान्त्रिक शक्तिले खबरदारी गर्न म अपील गर्छु।’
राजनीतिक दलको झण्डा देश बचाउनका लागि उठाइने भएकाले दलबिहीन अवस्थाले मुलुकलाई हित नगर्ने भन्दै उनले थपे, ‘विवेक शून्य, क्षतिग्रस्त दिमाग, क्षतिग्रस्त लक्ष्यले अराजकताको पैरवी गर्दछ ।’ लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाएर अर्को कुन व्यवस्था र तन्त्र ल्याउन खोजिएको हो ? उनले प्रश्न गरे।
सरकारी संरचनामा आगजनी गर्ने काम जेनजी पुस्ताबाट नभएको अध्यक्ष ओलीको भनाइ छ । ‘जेनजीका माग ठिक छन् । भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शीताको मागमा कसैको बिमति होइन’ अध्यक्ष ओलीले भने ‘जेनजी पुस्ताले नेपालको राष्ट्रिय झण्डा ओडेर सिंहदरबारमा आगो लगाउन सक्दैन । नेपाली कांग्रेसका सभापति शेरबहादुरजी र आरजुजीलाई त्यस्तो अमानवीय व्यवहार जेनजी पुस्ताले गर्न सक्दै सक्दैन । जेनजी पुस्तालाई देशको माया छ, उ सँग विवेक छ ।’
प्रतिशोधको भावले सामाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिएर सामाजिक मूल्य, मान्यता समाप्त पार्न खोजिएको अध्यक्ष ओलीले बताए। सांस्कृतिक धरोहरहरुलाई पूर्णरुपमा ध्वस्त बनाउनु सांस्कृतिक बिचलन भएको उहाँले बताए।
मुलुकले यति ठूलो क्षति कहिल्यै बेहोर्नु नपरेको चर्चा गर्दै उनले भने– ‘यो क्षतिले समाज र देश विकासमा चौथाई शताब्दी पछाडी ढकेलिदिएको छ । अब खरानीबाट उठ्नु पर्ने अवस्था छ । आउने पुस्ता सुख, समृद्धिमा बाँच्न पाउनुपर्छ भन्ने हो । तर जुन ढंगले अघि बढ्न खोजिएको छ । यसबाट समृद्धिको गन्तव्यमा नयाँ पुस्तालाई पुग्न दिँदैन ।’
दलहरु मुलुकप्रति जिम्मेवार रहेकाले दलभित्रै व्यवस्थापन र समाधान खोजिने उनले बताए। प्रेस तथा वाक स्वतन्त्रता हिजोको दिनमा पनि लडेरै लिएकाले सत्यतामा अडिग रहेको समाचार, विचार संप्रेषण गर्न पत्रकारहरुलाई अध्यक्ष ओलीले आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - ११:२२
काभ्रेपलाञ्चोक। बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार बिहानदेखि सवारी आवागमन खुलेको हो । ...
बैशाख २४ गते, २०८३ - ११:०६
तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...
बैशाख २४ गते, २०८३ - १०:५१
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...
बैशाख २४ गते, २०८३ - १०:४१
बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...
बैशाख २३ गते, २०८३ - १७:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...
बैशाख २३ गते, २०८३ - १७:०३
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...
बैशाख २३ गते, २०८३ - १६:५१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...
बैशाख २३ गते, २०८३ - १६:४१
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...
बैशाख २३ गते, २०८३ - १६:०६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...
बैशाख २३ गते, २०८३ - १५:५२
काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...


प्रतिकृया लेख्नुहोस्: