Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

दसैँ लागेसँगै चिटिक्क पारिँदै गाउँघर

खबरडबली संवाददाता

म्याग्दी ।  दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले दसैँ–तिहार लगायतका पर्वलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेश पुगेकाहरू गाउँ फर्कन थालेका छन् ।

अधिकांश समय सुनसान भएका गाउँघरमा दसैँको आगमनसँगै उल्लास छाउन थालेको रघुगङ्गा गाउँपालिका–७ का चिमखोलाका कायाम रोकाले बताए। 

प्रवासमा रहेकाले चाडपर्व मनाउन छुट्टी लिएर आउने र विद्यालय तथा कार्यालयमा बिदा हुने भएकाले अन्य समयको तुलनामा दसैँ–तिहारको समयमा गाउँघरमा जमघट बढी हुने उनको भनाइ छ । 

रोजगार, शिक्षालगायतका लागि युवा विदेश र सहरी क्षेत्रमा जाने प्रचलनका कारण पछिल्लो समय म्याग्दीका ग्रामीण भेगमा बुढापाका मात्रै बसोबास गर्छन् । 

चाडपर्व मनाउन वर्षमा कम्तीमा एक पटक गाउँ फर्कने भएकाले यो समय गाउँघर गुञ्जायमान हुने गर्छ । चाडपर्वलाई लक्षित गरेर गाउँघर सरसफाइले चिटिक्क परेका छन् । परम्परागत ढुङ्गे घरमा कमेरो र रातो माटोले पोतिएका छन् भने ढलान, प्लास्टर गरी निर्माण भएका पक्की घरमा रङ्गरोगन गरिएका छन् । 

चाडपर्व मनाउन युरोपियन मुलुकबाट बिदामा घर आएका धवलागिरि गाउँपालिका–६ का खड्क पुनले लामो समयपछि गाउँ फर्कदा चाडपर्वको रौनकले प्रवासका दुःख र अत्यासलाई मेटाइदिएको बताए। 

‘प्रवासबाट आएको एक साता भयो, बजारमा किनमेल गरेर बाल बच्चासहित हामी गाउँ आइपुगेका छौँ, हरियाली वातावरण, धान र कोदोका फाँटले मन प्रफुल्ल बनेका छन्, गाउँघर यो समयमा धेरै नै सुन्दर बनेका छन्’, उनले भने। जिल्लाका अधिकांश गाउँमा बर्खायामको हिलो र झाडी पन्छ्याएर गोरेटो बाटोलाई मर्मत गरिएको छ । परम्परादेखि नै चाडपर्वको समयमा झारा ९श्रमदान० गरेर बाटो सरसफाइ र मर्मत गर्ने श्रम संस्कृति अझै यथावत रहेको छ । 

सडकमार्गलाई सञ्चालन गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्ने गरे पनि गोरेटो बाटो भने श्रमदानबाटै सरसफाइ गरिँदै आएको छ । हरेक घरबाट सहभागिता हुने गरी चाडपर्वको पूर्वसन्ध्यामा एक गाउँबाट अर्को गाउँ जाने र गाउँभित्रका गोरेटो बाटो सरसफाइ गरिएको रघुगङ्गा–३ दुलेपानीका युवा होम परियारले बताए।

‘वर्खायाममा झाडीले बाटो नै ढाकिएका थिए, श्रमदानबाट सरसफाइ गरेपछि आवतजावतमा सहज हुने भएको छ’, परियारले भने । पछिल्लो समय युवा विदेशमा जाने प्रचलनका कारण श्रमदानमा महिलाको सहभागिता बढी हुने गरेको छ ।

दसैँलाई लक्षित गरी गाउँघरमा परम्परागत मेला आयोजना हुने गर्छन् । परम्परागत मनोरञ्जनको माध्यम बनेको मेला पर्वलाई पछिल्लो समय खेलकुद प्रतिस्पर्धा र कला संस्कृतिको प्रदर्शन गर्ने परम्परा सुरु भएको छ । 

दसैँ तिहारको अवसरमा यहाँका दर्जनौँ गाउँ बस्तीमा मेला पर्व आयोजना भइरहेका छन् । परम्परागत मेला पर्वको निरन्तरता पाउनु सकारात्मक पक्ष भए पनि ती नै मेलापर्वबाट शान्ति सुरक्षामा असर पुग्ने गतिविधि हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए।

जिल्लामा हुने कतिपय अपराधिक घटनाको सुरुवात मेला पर्वमा युवामा हुने मनमुटाम र झैझगडाबाट सुरुवात भएको पाइएकाले निश्चित अवधिका लागि अनुमति लिएर शान्ति सुरक्षालाई असर नपर्ने गरी मौलिककला संस्कृतिको संरक्षणमा योगदान पुग्ने गरी मेला सञ्चालन गर्नुपर्ने उनले बताए।

चाड पर्वको समयमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी गरेको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending