काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएको छ।
यसै अवसरमा काठमाडौँको हनुमान ढोकाको दसैँ घरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दसैंघरमा भित्र्याइएको हो।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँ घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।
गोरखा दरबारको दसैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - २१:४४
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...
पौष २८ गते, २०८२ - २१:२६
मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न
पौष २८ गते, २०८२ - २१:२५
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...
पौष २८ गते, २०८२ - २१:१९
ललितपुर । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...
पौष २८ गते, २०८२ - २१:०६
काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...
पौष २८ गते, २०८२ - २०:४०
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...
पौष २८ गते, २०८२ - २०:३३
‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’
पौष २८ गते, २०८२ - २०:३०
काठमाडौं । गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’




प्रतिकृया लेख्नुहोस्: