भक्तपुर । बडादसैँदेखि दीपावली र छठसम्मका चाडपर्वलाई लक्षित गर्दै भक्तपुर प्रहरी परिसरले कडा सुरक्षा योजना सार्वजनिक गरेको छ। प्रहरीले मुख्य बजार, चोक, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा व्यवस्था कडा पार्दै २४ सै घण्टा क्विक रेस्पोन्स टोली परिचालन गरेको छ।
प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीका अनुसार, कुनै पनि घटनाको जानकारी पाएपछि १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्ने गरी टोली तयार गरिएको छ। यसअन्तर्गत चोरी, डकैती, लुटपाट, पाकेटमार, ठगी, लागु औषध कारोबार, झगडा, अपहरण, मानव बेचबिखन, जुवा जस्ता अपराध नियन्त्रणमा विशेष ध्यान दिइएको छ।
साथै, प्रहरीले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति दिन २४ घण्टा सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। गस्ती, एम्बुसिङ, चेकप्वाइन्ट र सरप्राइज जाँचका लागि उपलब्ध जनशक्ति र साधनस्रोत उच्चतम रूपमा प्रयोग गरिने जानकारी पनि प्रहरीले दिएको छ।
प्रहरीले आफ्नो घर, टोल वा छिमेकमा शंकास्पद गतिविधि देखिए वा कुनै घटना भएमा तुरुन्तै १००, १०३ वा जिल्ला प्रहरी परिसर भक्तपुरको ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा खबर गर्न अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - २१:४४
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...
पौष २८ गते, २०८२ - २१:२६
मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न
पौष २८ गते, २०८२ - २१:२५
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...
पौष २८ गते, २०८२ - २१:१९
ललितपुर । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...
पौष २८ गते, २०८२ - २१:०६
काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...
पौष २८ गते, २०८२ - २०:४०
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...
पौष २८ गते, २०८२ - २०:३३
‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’
पौष २८ गते, २०८२ - २०:३०
काठमाडौं । गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’




प्रतिकृया लेख्नुहोस्: