Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

भक्तपुरमा दसैँ सुरक्षाका लागि २४ घण्टा क्विक रेस्पोन्स टोली परिचालन

खबरडबली संवाददाता

भक्तपुर । बडादसैँदेखि दीपावली र छठसम्मका चाडपर्वलाई लक्षित गर्दै भक्तपुर प्रहरी परिसरले कडा सुरक्षा योजना सार्वजनिक गरेको छ। प्रहरीले मुख्य बजार, चोक, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा व्यवस्था कडा पार्दै २४ सै घण्टा क्विक रेस्पोन्स टोली परिचालन गरेको छ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीका अनुसार, कुनै पनि घटनाको जानकारी पाएपछि १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्ने गरी टोली तयार गरिएको छ। यसअन्तर्गत चोरी, डकैती, लुटपाट, पाकेटमार, ठगी, लागु औषध कारोबार, झगडा, अपहरण, मानव बेचबिखन, जुवा जस्ता अपराध नियन्त्रणमा विशेष ध्यान दिइएको छ।

साथै, प्रहरीले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति दिन २४ घण्टा सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। गस्ती, एम्बुसिङ, चेकप्वाइन्ट र सरप्राइज जाँचका लागि उपलब्ध जनशक्ति र साधनस्रोत उच्चतम रूपमा प्रयोग गरिने जानकारी पनि प्रहरीले दिएको छ।

प्रहरीले आफ्नो घर, टोल वा छिमेकमा शंकास्पद गतिविधि देखिए वा कुनै घटना भएमा तुरुन्तै १००, १०३ वा जिल्ला प्रहरी परिसर भक्तपुरको ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा खबर गर्न अनुरोध गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सार्वजनिक यातायातको भाडा बढ्यो, नयाँ दर लागू

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य प्राविधिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धार...

पश्चिम नेपालबाट भित्रियो पानी पार्ने अर्को प्रणाली

काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...

महाकालीमा पुल हाल्न म पहल गर्छु : हर्क साम्पाङ

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...

१० प्रतिशतले बढ्यो सुदूरपश्चिममा गरिबी

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश  सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...

अमेरिकाले इरानको पुनर्निर्माणमा पनि सहयोग गर्नेछ: ट्रम्प

काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णयप्रति संसदमा आपत्ति

काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...

देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...

विराटनगर विमानस्थलमा एकाविहानै ५५ जना सवार विमान दुर्घटना भएपछि...

विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending