Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

ओलीलाई घेर्दै एमाले नेताहरू, ‘अर्ली महाधिवेशन’ माग्दै अध्यक्षबाट राजीनामा दिन दबाब

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्वको बदलाबको बहस तीव्र बन्दै गएको छ। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीलाई ‘अर्ली महाधिवेशन’ (छिटो महाधिवेशन) गरेर मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै धेरै नेताहरू सक्रिय भएका छन्। 

पार्टी सचिवालय र पदाधिकारीहरूकै बहुमतले ओलीलाई राजीनामा दिन सुझाउँदै आएका छन्। २०८३ मंसिरमा हुने नियमित महाधिवेशनको सट्टा पार्टीभित्र समयभन्दा पहिला महाधिवेशन गरेर नेतृत्वमा फेरबदल गर्नुपर्ने आवाज तीव्र भएको हो। 

२०७८ मंसिरमा दसौँ महाधिवेशन गरेर ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधनमार्फत बाटो खोलेका थिए। तर पछिल्ला राजनीतिक उथलपुथल, विशेषगरी जेन–जी आन्दोलनपछि पार्टीभित्रको असन्तुष्टि चुलिएको छ।

पार्टी अध्यक्ष ओलीलाई सचिवालय र पदाधिकारीहरूको बहुमतले नेतृत्वबाट राजीनामा दिन दबाब दिइरहेका छन्। ओलीले सुरुमा ती नेताहरूविरुद्ध कारबाहीको तयारी गरे पनि सचिवालयमा बहुमत गुमाएपछि उक्त योजना थाँती राखिएको बताइन्छ। 

अब ओली आफैँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न सहमत हुने वा आफूले रोजेको व्यक्तिलाई अघि सार्ने मनस्थितिमा पुगेको बुझिएको छ।

पार्टी उपाध्यक्ष गुरु बरालका अनुसार, प्रतिनिधि सभा चुनाव २०८२ फागुन २१ गते तोकिएपछि एमालेमा नयाँ जनसमर्थन जुटाउन महाधिवेशन आवश्यक भएको तर्क गर्दै आएका छन्।

असोज २४ गते ओली निवास गुन्डुमा बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय लिई असोज २७, २८, २९ मा बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको छ।

उपमहासचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पनि नेतृत्व चयनका लागि महाधिवेशन आवश्यक रहेको बताएका छन्। तर, यसबारे स्पष्ट एजेन्डा अझै तय नभएको उल्लेख गरेका छन्।

अध्यक्ष ओली भने आफैंको नेतृत्वमै महाधिवेशन गर्न चाहने मनस्थितिमा रहेको बताइएको छ। तर, केही पदाधिकारीहरू ओलीले महाधिवेशनअघि राजीनामा दिनुपर्ने अडानमा छन्।

ओलीको विकल्पका रूपमा वरिष्ठ उपाध्यक्ष वा अन्य उपयुक्त नेतालाई महाधिवेशन आयोजक समितिको नेतृत्व सुम्पिनुपर्ने प्रस्ताव सचिवालय बैठकमा उठ्ने सम्भावना रहेको छ।

पार्टी उपाध्यक्ष बरालले मुलुक संकटमा रहेको बेला एमालेभित्र एकता अपरिहार्य भएको बताए। उनले ओलीलाई हटाएर मात्रै समस्या हल हुने नभएको जिकिर गर्दै पार्टीले लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

‘देश र लोकतन्त्रको रक्षा गर्न हामी सबैले मिलेर अघि बढ्नुपर्छ,’ बरालले भने।

उता उपाध्यक्ष युवराज ज्ञवालीले सचिवालय बैठकमा जेन–जी आन्दोलन, सरकार छाड्नु परेको अवस्था, वर्तमान राजनीतिक संकट लगायत विषयमा समीक्षा गरेर पार्टीको भावी कार्यदिशा तय गरिने जानकारी दिए।

महाधिवेशनमा जानुअघि केन्द्रीय कमिटीलाई यथावत राख्ने वा विघटन गरेर जाने भन्नेबारे निर्णय अझै टुंगिएको छैन। स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार, सचिवालय बैठकले यसबारे प्रस्ताव तयार गर्नेछ र अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ।

अब आउने सचिवालय र केन्द्रीय कमिटी बैठकहरूले एमालेको नेतृत्व परिवर्तनको सम्भावना कत्तिको छ भन्नेबारे स्पष्ट संकेत दिनेछ। पार्टीभित्र नेतृत्वको बहस गहिरिँदै जाँदा ओलीको राजनीतिक भविष्य पनि दायाँबायाँ हुँदै गएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending