Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

मनाङ उपनिर्वाचन स्थगित

खबरडबली संवाददाता

काठमाडौँ। २०८२ फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारी तथा कार्यक्रमबारे नेपाल सरकारका मन्त्रीहरू र निर्वाचन आयोगबीच आइतबार छलफल भएको छ।

छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर, निर्वाचन आयुक्त सगुन शम्शेर जबरालगायतका पदाधिकारीहरू सहभागी थिए।

छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधि सभा निर्वाचनको तयारीका बारेमा आयोगले गरेको काम–कारबाहीको जानकारी गराएको  थिए । 

सो अवसरमा नेपाल सरकारको तर्फबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत, साधन र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको जानकारी आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले दिए। 

उपनिर्वाचन स्थगित 

यसैबीच, मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं। २ को उपनिर्वाचन स्थगित गरिएको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति २०८२ असोज १७ गतेका लागि तोकिएको उक्त उपनिर्वाचन हाललाई स्थगन गरिएको हो।

आयोगले स्पष्ट पारेको छ कि भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि पूर्व निर्धारित कार्यतालिकाअनुसारका कार्यक्रम सञ्चालनमा असर परेकाले उक्त निर्णय गरिएको हो।

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालामा सहयोगका लागि आग्रह गरेको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending