सुनसरी । गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्ग्यानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताए ।
मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गरेका कार्कीले करिब चार बिघामा फैलिएको फार्ममा १६ जनाले रोजगारी दिइरहेका छन् ।
उनका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएको उहाँको भनाइ छ ।
फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दा बढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको उनले बताए ।
उनले भने, “भारी वर्षापछि फार्ममा एक्कासि बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हाम फाल्न थाले, हामी फार्मको पारी पट्टी थियौँ, उनीहरूलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन् ।”
उहाँले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताए । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: