काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध आएको जाहेरी प्रहरीले लिने भएको छ । सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि जेन-जी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी लिने भएको हो ।
‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले समेत छानबिन गरिरहेकाले तत्काल जाहेरी दर्ता गरेर अनुसन्धान अघि नबढाउने भन्ने भयो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘यद्यपि जाहेरी प्रहरीले लिएर कार्की नेतृत्वको आयोगलाई जिम्मा लगाउने भन्ने निर्णयमा पुगेका छौं ।’
जेन-जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए । ‘जाहेरी आउँदैपिच्छे दर्ता गर्दै जाने हो भने भोलि काठमाडौंका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी आउला । त्यस्तो अवस्थामा के गर्ने ?,’ एक सुरक्षा प्रमुखले बैठकमा भनेका थिए, ‘विगतमा उहाँले सिंहदरबार जलाउने भन्दै स्ट्याटस लेखेकाले त्यही उद्धृत गर्दै जाहेरी आए त्यो पनि दर्ता गर्नुपर्ने अवस्था आउनसक्छ ।’
परिस्थिति जटिल रहेको भन्दै संयमतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएको थियो । पछि प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ‘कानुनी फ्रेमवर्कभित्रै रहेर निर्णय लिइने’ बताएको स्रोतको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: