Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

झापा-शिवसताक्षी नगरपालिका–१ मन्दिर टोलमा प्र.१–०१–०१६ प ९३५८ नम्बरको स्कुटर र प्र.१–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा स्कुटर चालक बिर्तामोड–५ की २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा स्कुटरमा सवार एक जना र मोटरसाइकल चालक घाइते छन् ।

सप्तरी-अग्नीसाइर कृष्णसवरन गाउँपालिका–२ चाँदनी चोकमा ट्रक (ना.१ अ.यो. १८६) ले ठक्कर दिँदा सोही ठाउँका ७६ वर्षीय बमभोज चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालक फरार रहेका र प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

तनहुँ-आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा ग.२६ प २२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका–२ बसपार्क बस्ने रूपन्देहीका २८ वर्षीय बिजय तामाङको मृत्यु भएको छ । घाइतेलाई सिएमसी अस्पताल चितवन रिफर गरिएको छ ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा ग.१ ख ९७०८ नम्बरको बस र ग.२६ प ९२८७ नम्बरको स्कुटर ठोक्किँदा गोरखा धार्चे गाउँपालिका–७ का २८ वर्षीय पनराम गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते गुरुङको सिएमसी अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु-बुद्धभुमी नगरपालिका–२ गोरुसिङ्गे तौलिहवा चोकमा इभी भ्यान (बा.प्र.०१–००३२ च ८७६६) र मोटरसाइकल (प्र.१–०१–०१४ प १८६४) ठोक्किएर पुनः स्कार्पियो (लु.३ च ७५७) सँग ठक्कर खाँदा झापा बुद्धशान्ती–१ का २८ वर्षीय लोसन पौडेलको मृत्यु भएको छ । गम्भीर घाइते पौडेलको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो । भ्यान र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै जिल्लाको यसोधरा गाउँपालिका–५ सुठौलीमा रोकी राखिएको टेलर (यूपी ५१ एटी ४४५५) मा लु.२२ प ९४८४ नम्बरको मोटरसाइकल ठोक्किँदा बाणगंगा–२ पिपराका ३० वर्षीय गणेशकुमार गुप्ताको मृत्यु भएको छ । गम्भीर घाइते गुप्ताको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो । टेलर चालक फरार छन् ।

हुम्ला-चंखेली गाउँपालिका–४ बेशी खोलास्थित सडकमा मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका–६ का २८ वर्षीय मनबिर बुढा, २ वर्षीय देवाङ्स बुढा, सिमकोट–८ स्याण्डाका २८ वर्षीया बसन्ती रोकाया र ४ वर्षीया जागृती रोकाया रहेका छन् । अन्य ४ जना घाइतेको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

डोटी-जोरायल गाउँपालिका–१ गोल्डेनमा अछामबाट धनगढीतर्फ जाँदै गरेको हाइस (सु.प.प्र.०१–००१ ख ३९५६) अनियन्त्रित भई दुर्घटना हुँदा अछाम मङ्गलसेन–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते २४ जनामध्ये ६ जनाको पद्मा अस्पताल अत्तरिया र १८ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडक दुर्घटनासँग सम्बन्धित सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: