Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

खबरडबली संवाददाता

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्गमा अहिले आकस्मिक तथा आपत्कालीन सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ।

सडक विभागले भने अन्तिम सुरक्षा परीक्षण पूरा गरेपछि साउनभित्रै सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सञ्चालनअघि यात्रुको सुरक्षा सुनिश्चित गर्न अन्तिम परीक्षण भइरहेको छ।

उनका अनुसार विशेषगरी सुरुङभित्र ठूलो संख्यामा यात्रु बोकेको बसमा आगलागी वा अन्य आपत्कालीन घटना भए तत्काल उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण भइरहेको छ।

‘अहिले सुरुङमार्ग आकस्मिक सवारीसाधनका लागि मात्र सञ्चालनमा छ। सबैका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ,’ न्यौपानेले बताए।

सुरुङमार्गभित्र अहिले ब्यारिकेड तथा ड्रम राखिएका तस्बिर सार्वजनिक भएपछि सर्वसाधारणमा सुरुङ सञ्चालन नहुने हो कि भन्ने अन्योलसमेत देखिएको छ। तर सडक विभागले ती सामग्री सुरक्षा परीक्षण तथा अन्तिम तयारीका लागि राखिएको स्पष्ट पारेको छ।

विभागका अनुसार ५० जनाजति यात्रु बोकेको बसमा सुरुङभित्र आगलागी भएमा यात्रुलाई कसरी सुरक्षित रूपमा बाहिर निकाल्ने भन्ने विषयमा अभ्याससमेत गरिनेछ। यो परीक्षण पूरा भएपछि सुरुङमार्ग सर्वसाधारणका लागि खोलिनेछ।

सात वर्षको निर्माण अवधिपछि साउनको दोस्रो साता नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा उद्घाटन समारोह आयोजना गरिएको थियो।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा हुँदै काठमाडौँ प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधनको चाप घट्ने, यात्रा समय छोटिने र सडक यातायात थप सुरक्षित हुने अपेक्षा गरिएको छ।

तर उद्घाटनअघि नै सञ्चालनको तयारी पूरा भएको सन्देश दिइए पनि सर्वसाधारणले भने अझै केही समय कुर्नुपर्ने भएको छ। विभागले साउनभित्रै सञ्चालन गर्ने समयसीमा तोके पनि अन्तिम सुरक्षा परीक्षण कहिले सकिन्छ भन्नेमा अहिले निश्चित मिति सार्वजनिक गरिएको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending