काठमाडौँ । प्रमुख निर्यातयोग्य वस्तुका रूपमा रहेको अलैंचीको उत्पादन यस वर्ष उल्लेख्य रूपमा बढेको छ । उत्पादन बढेसँगै यसको मूल्य भने घटेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यो वर्ष अलैंचीको मूल्य घटेर प्रतिमन (४० केजी) ८१ हजारदेखि ८५ हजार रूपैयाँमा पुगेको छ । गत वर्ष प्रतिमन मूल्य एक लाख १० हजार रूपैयाँसम्म पुगेको थियो ।
महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार उत्पादन वृद्धि र अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि मूल्य घटेको हो । “विगतका तीन वर्ष लगातार मूल्य घटे पनि अघिल्लो वर्ष एक्कासि मूल्य बढेको थियो,” उनले भने, “किसानहरूले त्यसपछि अलैंची खेती विस्तार गरेकाले यो वर्ष उत्पादन बढेको हो ।”
उनका अनुसार अलैंची निर्यात बढाएर देशले पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावना छ । गत वर्ष चार हजार मेट्रिक टन अलैंची उत्पादन भएकोमा यस वर्ष उत्पादन झन्डै २५ प्रतिशतले बढेर करिब छ हजार पाँच सय मेट्रिक टन पुग्ने अनुमान गरिएको छ ।
व्यवसायीहरूका अनुसार गुणस्तरका आधारमा अलैंचीलाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन श्रेणीमा वर्गीकृत गरिन्छ र त्यसअनुसार प्रतिकेजी दुई हजारदेखि दुई हजार दुई सय रूपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।
गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाएपछि अलैंची खेतीको क्षेत्रफल पनि विस्तार भएको छ । महासंघका अनुसार अघिल्लो वर्ष १८ हजार हेक्टर क्षेत्रमा अलैंची खेती भएकोमा यो वर्ष बढेर २२ हजार हेक्टर पुगेको छ । मुलुकमा करिब ४० हजार हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्ने सम्भावना भए पनि त्यसअनुसार काम हुन नसकेको महासंघले जनाएको छ ।
मसलाका रूपमा प्रयोग हुने अलैंचीको करिब ९८ प्रतिशत उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गर्छ । भन्सार विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा (साउन–भदौ) ८५ करोड ९६ लाख रूपैयाँ बराबरको पाँच लाख २२ हजार दुई केजी अलैंची निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब ६८ करोड ३७ लाख रूपैयाँ बराबरको ४३ लाख केजी र २०८०/८१ मा छ अर्ब २८ करोड ३१ लाख रूपैयाँ बराबरको ४० लाख ७४ हजार ८४० केजी अलैंची निर्यात भएको थियो ।
पूर्वी नेपालको अलैंची स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । खाना खाइसकेपछि अलैंची सेवन गर्दा यसका रासायनिक गुणहरूले पाचन सुधार्ने, रगत शुद्ध पार्ने, ग्यास्ट्राइटिस तथा अल्सर जस्ता समस्या हुनबाट जोगाउने विश्वास गरिन्छ ।
नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैंची जर्मनी, भारत, इटाली, पाकिस्तान र अमेरिका लगायतका देशहरूमा निर्यात हुने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: