Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

नेपाली फुटबल समर्थकले भने- ‘फुटबल क्यालेन्डरमा होइन, मैदानमा गर’

खबरडबली संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पारदर्शी रूपमा नचलेको र फुटबलका नियमित गतिविधि ठप्प भएको विरोधमा आइतबार नेपाली फुटबल समर्थकले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि प्रदर्शन गरेका छन् ।

युवा समर्थकहरूले फुटबल खेलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिगसमेत आयोजना गर्न नसकेको एन्फा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरूले “फुटबल क्यालेन्डरमा होइन, मैदानमा चाहियो”, “फिफा विश्वकप चार वर्षमा आउँछ, ‘ए’ डिभिजन लिग कहिले आउँछ ?”, “लिग चलाऊ, फुटबल बचाऊ” जस्ता नारा लेखिएका प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

तीन वर्षअघि पङ्कजविक्रम नेम्वाङ एन्फा अध्यक्ष बनेपछि नेपाली फुटबल झन् कमजोर बन्दै गएको समर्थकहरूको आरोप छ । उनीहरूका अनुसार एन्फा नेतृत्वले खेलकुदका गतिविधि उपेक्षा गरेर जिल्ला र प्रदेशका प्रतिनिधिलाई विदेश भ्रमणमा पठाउने तथा आगामी निर्वाचनमा आफ्नो पकड बलियो बनाउने अभियान चलाइरहेको छ ।

एन्फा नेतृत्वको उदासीनताका कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम—दशरथ रङ्गशाला—फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) बाट अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि अयोग्य घोषित भएको धेरै भइसकेको छ ।

त्यसको परिणामस्वरूप एसिया कप छनोटअन्तर्गत भियतनामसँग घरेलु मैदानमा खेल्नुपर्ने नेपालले उक्त खेल भियतनाममै खेल्न बाध्य भएको छ । पहिलो लेगमा ३–१ गोलले पराजित भएको नेपालले दोस्रो खेल मङ्गलबार फेरि भियतनामकै मैदानमा खेल्नेछ । यसअघि पनि रङ्गशालाको कारण नेपालले घरेलु खेल विदेशमा खेल्नुपर्ने बाध्यता भोगिसकेको थियो ।

मैदानमा नियमित खेल नहुँदा राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडीहरू समेत अस्ट्रेलियालगायत विभिन्न देशमा पलायन भइसकेका छन् ।

फिफा र एएफसीको अनुदानसहित वार्षिक करिब एक अर्ब ५० करोड रुपैयाँ बजेट हुने एन्फा नेतृत्वले फुटबल विकासभन्दा भत्ता र विदेश भ्रमणमा बढी रुचि देखाएको भन्दै समर्थकहरूले शान्तिपूर्ण आन्दोलन गरेका हुन् । 

यसैबीच, समर्थकहरूको आन्दोलनका कारण एन्फाले आइतबार क्लबहरूसँग बोलाएको ‘ए’ डिभिजन लिग सम्बन्धी बैठक स्थगित गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षा सकिएपछि पुन: मुग्लिन–मलेखु सडकको काम थालियो

चितवन । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तीव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम स...

प्रादेशिक अस्पताल निर्माणका लागि जग्गाको टुंगो लाग्याे

धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो लागेको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेत...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणप...

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपालमा कार्यरत समावेश

ललितपुर । विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष...

जेनजी आन्दोलनमा आगजनीमा संलग्न मकवानपुरमा पाँच जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँ...

सरकार–प्रसाईं समूह छलफल: आन्दोलन शान्तिपूर्ण गर्ने, दल दर्ता गरेर चुनावमा जाने

काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’बीच बुधबार सिंहदरबारमा वार्ता भएको छ । गृह ...

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज ग...

चुनावी तयारीको ६० प्रतिशत काम सम्पन्न: निर्वाचन आयाेग

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाध...

जावलाखेलस्थित सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...

एमाले दम्भ र अहङ्कारले भत्किएको घर हाे: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending