दोहा । समूहको वार्ता समितिका नजिकका हमास स्रोतले आइतबार युद्धपछिको गाजामा हमासले शासनमा भाग नलने पुष्टि गरेको छ । यो घोषणा विश्व नेताहरूले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनका लागि भेला हुने तयारीको बीचमा आएको हो ।
स्रोतका अनुसार इजरायल–हामास युद्धविराम लागू भएको केही दिनपछि दुवै पक्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०–बुँदे युद्ध अन्त्य योजना कार्यान्वयनका लागि छलफलमा छन् । उक्त योजना हमासको निःशस्त्रीकरण र समूहलाई गाजाको प्रशासनमा संलग्न नहुने आह्वान गर्दछ ।
“हमासका लागि गाजा पट्टीको शासन एउटा बन्द मुद्दा हो । सङ्क्रमणकालीन चरणमा हमासले पूर्ण रूपमा भाग लिने छैन, जसको अर्थ यसले पट्टीको नियन्त्रण त्यागेको छ, तर अझै प्यालेस्टिनी बनावटको आधारभूत अंश बनेको छ”, स्रोतले संवेदनशील मामिलाहरूमा नाम नखुलाउने सर्तमा बतायो ।
हमासको नेतृत्व विगतमा गाजाको भविष्यको प्रशासन लगायत प्रमुख विषयहरूमा विभाजित रहेको छ, तर निःशस्त्रीकरणको प्रश्नमा कुनै भिन्नता छैन । स्रोतका अनुसार हमास दीर्घकालीन युद्धविराममा सहमत छ र गाजामा इजरायली आक्रमण बाहेक हतियार प्रयोग गर्नेछैन ।
ट्रम्पको २०–बुँदे योजनाको पहिलो खण्डले गाजालाई ‘छिमेकीहरूका लागि खतरा नपर्ने आतङ्कमुक्त क्षेत्र’ बनाउने आह्वान गरेको छ । योजनामा भविष्यको गाजा शासनमा हमासको कुनै भूमिका नहुने, यसको सैन्य पूर्वाधार र हतियार नष्ट र पुनर्निर्माण नगर्ने उल्लेख छ ।
यस योजनाअन्तर्गत अस्थायी टेक्नोक्रेटिक र अराजनैतिक प्यालेस्टिनी समितिलाई सार्वजनिक सेवाहरूको दैनिक सञ्चालनको जिम्मा दिइनेछ । वार्ताकारहरूसँग नजिकका स्रोतका अनुसार मध्यस्थकर्ता इजिप्टलाई समितिको संरचनामा सहमति जनाउन अर्को हप्ताको अन्त्य अघि बैठक बोलाउन आग्रह गरिएको छ र ‘नामहरू लगभग तयार छन् ।’
स्रोतका अनुसार हमास र अन्य गुटहरूले ४० नाम पेस गरेका छन् । तिनीहरूमाथि कुनै भिटो छैन र कोही पनि हमाससँग सम्बन्धित छैनन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: