Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

टि–२० विश्वकप छनोटमा नेपालद्वारा युएई १ रनले पराजित

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी टि–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने सम्भावना थप प्रबल बनाएको छ ।

दुवै टोलीका लागि खेल निर्णायक थियो, जसमा जितले विश्वकप यात्रा नजिक ल्याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको थियो । आइतबार ओमानको अल अम्रित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको योगफल बनायो । 

जवाफमा १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमै रोकियो । ओमान: ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल पनि ४ अंकले नेट रन रेटमा दोस्रो छ । यूएई २ अंकसहित तेस्रो स्थानमा छ । 

ओमानले आजै कतारलाई ३४ रनले हराएर शीर्ष स्थान कायम राखेको छ । नेपालले समूह चरणमा जापानलाई हराएर २ अंक जोडेको थियो । सुपर सिक्सको अर्को खेलमा सामोआ र जापान भिड्नेछन् ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईका ओपनर जोनाथन फ्रिजेल १९ रनमा आउट भए । अलिसान शरफुले आक्रामक ५८ रन (४० बल, ३ चौका, ५ छक्का) को योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनी दीपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए ।

अन्तिम ओभरमा खेल निकै रोमाञ्चक बन्यो । तेस्रो बलमा शरफुले दीपेन्द्रलाई छक्का हान्दै जित नजिक ल्याए, तर चौथो बलमा सन्दीप जोराले ध्रुव पारसकरको क्याचमा उनलाई समाताए । त्यसपछि पाँचौँ बलमा हैदर अली रनआउट भए र अन्तिम बलमा जायद अली पनि रनआउट हुँदा नेपालले नाटकीय १ रनको जित दर्ता गर्‍यो ।

नेपालका ओपनर आरिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको बलियो साझेदारी गरे । भुर्तेल २८ रन (२६ बल, २ चौका, २ छक्का)मा हर्षित कौशिकको बलमा एलबिडब्लु भए । कप्तान रोहित पौडेल २० रन (१९ बल, १ चौका) बनाएर मुहम्मद रोहिदको बलमा क्याच आउट भए । आरिफ शेखले शानदार ५१ रन (४७ बल, ४ चौका, १ छक्का)को इनिङ्स खेले, तर १६औँ ओभरमा ध्रुव पारसकरको बलमा बोल्ड भए ।

दीपेन्द्र सिंह ऐरी १ रनमा, कुशल मल्ल १० रनमा र गुलशन झा १४ रन (५ बल, २ चौका, १ छक्का)मा क्याच आउट भए। अन्त्यमा सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा नटआउट रहे । नेपालको यो जितसँगै टोलीले विश्वकप प्रवेशद्वारमा बलियो पकड बनाएको छ । अब बाँकी खेलहरूमा सकारात्मक परिणाम आएमा नेपाल पुनः विश्वकप यात्रा सुनिश्चित गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE