Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रतिबन्धित अवामी लिगका समर्थकहरू चुनावअघि सडकमा

खबरडबली संवाददाता

ढाका । कुनै समय बङ्गलादेशको सबैभन्दा ठूलो राजनीतिक दल रहेको अवामी लिगलाई गत वर्ष सामूहिक जनविद्रोहका क्रममा तत्कालीन नेत्री शेख हसिनालाई सत्ताच्युत गरिएपछि गैरकानूनी घोषित गरिएको थियो ।

तर आगामी चुनाव नजिकिँदै गर्दा उनका समर्थकहरू पुनः सक्रिय बनेका छन् । उनीहरूले सामाजिक सञ्जालमा फैलिएको ‘प्रतिरोध’ को आह्वानबाट प्रेरित भएर प्रतिबन्धलाई बेवास्ता गर्दै देशभर फ्ल्यास मोब शैली (सार्वजनिक स्थानमा सङ्गठित हुने र तुरुन्त तितरबितर हुने तथा सङ्गठित हुन सामाजिक सञ्जालको प्रयोग गर्ने) का विरोध प्रदर्शन सुरू गरेका छन् ।

राजधानी ढाकामा ४५ वर्षका सरसफाइकर्मी मोहम्मद कासेमले अवामी लिगका करिब २५ जना निष्ठावान समर्थकहरू सहभागी भएको एक प्रदर्शन देखेको थियो । उनका अनुसार प्रहरीहरूले ती प्रदर्शनकारीलाई पछ्याई कुटपिट गरी हिरासतमा लिएका थियो । “यो त केवल एक ठाउँमा होइन, सहरभरि भइरहेको छ”, कासेमले भने, “फेसबुकमा हरेक दिन यस्ता भिडियोहरू देखिन्छन् ।”

सन् २०२६ फेब्रुअरीमा हुने अपेक्षा गरिएको आगामी निर्वाचन शेख हसिनाको १५ वर्ष लामो शासनपश्चातको पहिलो हुनेछ । जनआन्दोलनको बीचमा भीडले प्रधानमन्त्री आवासमा आक्रमण गरेपछि हसिना भारत निर्वासनमा जान बाध्य भएको थियो । त्यसयता उहाँले विद्रोहका क्रममा भएको हिंसात्मक दमनको आदेश दिएको आरोपमा मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा अदालतमा हाजिर हुन अस्वीकार गरेको छ ।

उनको पार्टी र समर्थकहरू भूमिगत अवस्थामा पुगेका छन् । अधिकारीहरूले हालसम्म यस्ता फ्ल्यास मोब प्रदर्शनहरूसँग सम्बन्धित आठ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएका छन् । यी प्रदर्शनहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई चुनावसम्म स्थिरता कायम राख्ने प्रयासमा चुनौती दिएको छ ।

जोखिम उच्च भए पनि समर्थकहरू सडकमा उत्रिन रोकिने पक्षमा छैनन् । केही प्रदर्शनहरूमा केवल थोरै मात्र युवा सहभागी हुन्छन् भने कतिपयमा सयौँ मानिस नारा लगाउँदै देखिन्छन् — ‘शेख हसिना फर्किंदै हुनुहुन्छ !’ र ‘बङ्गलादेश मुस्कुराउँदैछ !’ । भीडह केही मिनेट नाराबाजी गरेपछि तितरबितर हुन्छन् । कहिलेकाहीँ ढाकाका फरक–फरक भागमा एकैपटक धेरै आकस्मिक प्रदर्शनहरू हुने गरेका छन् । एक दिन मात्रै प्रहरीले दुई सय ४४ जनालाई पक्राउ गरेको बताइएको छ ।

कासेमका अनुसार उनले देखेको ¥यालीमा धेरै प्रदर्शनकारीलाई प्रहरीहरूले कठोर रूपमा कुटपिट गरेका थिए । “यी मूर्ख केटाहरू हुन्”, उनले भने, “हेभिवेट नेताहरूले तिनीहरूलाई त्यागे पनि उनीहरूले आफ्नो जीवनलाई जोखिममा राखिरहेका छन् ।”

अन्तरिम सरकार यस्ता प्रदर्शनहरूबाट असहज बनेको देखिन्छ । अन्तरिम सरकार प्रमुख युनुसका प्रेस सचिव शफीकुल आलमले गत महिना पत्रकारहरूलाई भनेको थियो, “फासीवादीहरू अस्थिर बनेका छन्, किनकि उनीहरूले देखिरहेका छन् कि देश चुनावतर्फ अगाडि बढ्दैछ र (हसिनाको) मुद्दा तीव्र गतिमा अघि बढिरहेको छ ।” उनका अनुसार सरकारले अब आकस्मिक जुलुस र अन्य अवैध जमघटहरूको निगरानी कडाइ गर्ने निर्णय गरेको छ ।

शेख हसिना अहिले पनि सामाजिक सञ्जालमा सक्रिय छन् । उनले युनुसविरुद्ध तीव्र आलोचना गर्दै आफ्ना समर्थकहरूलाई ‘प्रतिरोध जारी राख्न’ आग्रह गरिरहनुभएको छ । बङ्गलादेशी सञ्चारमाध्यमहरूले भूमिगत भएका पार्टी नेताहरूलाई उद्धृत गर्दै गत महिनामा मात्र २० वटा आकस्मिक प्रदर्शन भएको बताएका छन् ।

ढाका प्रहरी प्रवक्ता मोहम्मद तालेबुर रहमानले प्रदर्शनहरूको सटीक सङ्ख्या पुष्टि गर्न नसके पनि आठ सयभन्दा बढी व्यक्ति पक्राउमा परेको जानकारी दिए ।

सरकारको निर्वाचन सुधार आयोगका सदस्य तथा राजनीतिक विश्लेषक जाहेद उर रहमानका अनुसार शेख हसिनाले आफ्ना समर्थकहरूको सुरक्षालाई जोखिममा पार्दै राजनीतिक सान्दर्भिकता कायम राख्ने प्रयास गरिरहेको छ । “उहाँ आफ्ना कार्यकर्तामाथि भएको कुटपिट र गिरफ्तारीका भिडियोहरू साझा गरेर सहानुभूति जुटाउने रणनीतिमा लाग्नुभएको छ”, जाहेदले भने ।

यसैबीच ह्युमन राइट्स वाचले अवामी लिगमाथि लगाइएको ‘कठोर प्रतिबन्ध’ को निन्दा गरेको छ । संस्थाकी क्षेत्रीय निर्देशक मीनाक्षी गाङ्गुलीले भने, “अन्तरिम सरकारले शेख हसिनाको शासनकालमा भएको जस्तो पक्षपातपूर्ण व्यवहार दोहोर्‍याउनु हुँदैन — चाहे त्यो राजनीतिक विरोधीहरूलाई जेलमा पुर्‍याउने होस् वा शान्तिपूर्ण असहमति दमन गर्ने ।”

तर विश्लेषकहरूका अनुसार यी निरन्तर प्रदर्शनहरूले आगामी चुनावी तयारीलाई जटिल बनाइरहेको छ । प्रहरी महानिरीक्षक बहरुल आलमले ‘पराजित समूह’ सहितका विभिन्न हितसमूहहरूले चुनाव हुन नदिन प्रयास गरिरहेको आरोप लगाएको छ ।

मुख्य अभियोजक ताजुल इस्लामका अनुसार शेख हसिनाको अनुपस्थितिमा पनि अवामी लिगमाथि न्यायिक अनुसन्धान भइरहेको छ । “अनुसन्धान प्रतिवेदन तयार भएपछि उचित कारबाही गरिनेछ”, इस्लामले भने ।

भूमिगत अवस्थामै रहेका वरिष्ठ नेता खालिद महमुद चौधरीले भने समर्थकहरू हसिनाप्रतिको ‘समर्पण र प्रेम’ का कारण सडकमा उत्रिरहेका भएको बताउँछन्। “के तपाईंले देख्नुभएको छ — यी गतिविधिहरूले सरकारको निद्रा भङ्ग गरेको छ ?”, उनले हर्षित हुँदै भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: