Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

मन्त्री घिसिङसँग कोरियाली राजदूतको भेट, नमुना परियोजना विकासका लागि सहयोग गर्न आग्रह

खबरडबली संवाददाता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपाल र कोरियाबीच लामो समयदेखि रहिआएको आर्थिक सहकार्य अझ मजबुत बनाउने इच्छा व्यक्त गरे।

भेटमा मन्त्री घिसिङले ऊर्जा सन्तुलन र विद्युत निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत आयोजनाको आवश्यकता औँल्याउँदै ५०० मेगावाटभन्दा ठूला आयोजना सरकार–सरकार तहको साझेदारीमा वा कोरियाली निजी क्षेत्रको लगानीमा अघि बढाउन सकिने प्रस्ताव गरे। 

साथै, हरित हाइड्रोजन उत्पादनमा कोरियाको अनुभव नेपालमा लागू गर्दै मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा प्रयोग गर्न सकिने नमुना परियोजना विकास गर्न सहयोग गर्न आग्रह गरे।

मन्त्री घिसिङले रोजगार अनुमती प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि, उनीहरूका लागि सीप विकास तालिम र फर्किएपछि सीप प्रयोग गरी उद्यमशील रोजगारी सिर्जनामा सहयोग गर्न पनि अनुरोध गरे।

त्यस्तै, उनले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनका लागि कोरियन एक्जिम बैंकमार्फतको सहयोग छिटो टुंग्याउन र रेलमार्ग निर्माण, सञ्चालन र मर्मतका लागि क्षमता विकासमा सहकार्य गर्न आग्रह गरे।

भेटका क्रममा राजदूत पार्कले रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी दिए। 

उनका अनुसार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको छ। 

उक्त अवसरमा मन्त्री घिसिङलाई उक्त ब्रेकथ्रु समारोहमा सहभागी हुन अनुरोध गरिएको थियो।

राजदूत पार्कले कोरियाली कम्पनीहरूलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आकर्षित गर्न सेमिनार आयोजना गर्ने तयारी भइरहेको जानकारी गराउँदै प्रसारण लाइन निर्माणमा आवश्यक सहयोगका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताए।

भेटवार्तामा दुवै पक्षले नेपाल–कोरिया सम्बन्धलाई ऊर्जा, पूर्वाधार र रोजगारीका क्षेत्रमा थप सुदृढ बनाउने सहमति जनाएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending