काठमाडौं । उच्चस्तरीय भ्रमणका लागि नेपाल आएको युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेट गर्ने भएको छ।
यसअघि विदेशी कूटनीतिज्ञहरूलाई सामूहिक रूपमा नछोएको मानिने नयाँ राजनीतिक अभ्यासबीच प्रधानमन्त्री शाहले यसपटक ईयू प्रतिनिधिमण्डललाई भने सामूहिक रूपमा भेट्ने कार्यक्रम तय भएको हो।
नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा ईयू सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप–मिसन प्रमुखहरू सहभागी छन्। ईयूले जारी गरेको विज्ञप्तिअनुसार यो भेटघाट नेपाल–ईयू सम्बन्धलाई पुन: पुष्टि गर्ने अवसरका रूपमा लिइएको छ।
प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उप–राजदूतहरू सहभागी छन्।
यसअघि प्रतिनिधिमण्डलले सोमबार परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, तथा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका मन्त्रीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। साथै निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा युवा नेताहरूसँग पनि छलफल गर्नेछ।
ईयूकी प्रतिनिधिमण्डल प्रमुख लोरेन्जोले यो भ्रमणले नेपालप्रति ईयूको प्रतिबद्धता स्पष्ट पार्ने बताउँदै नेपाल सरकारसँग सहकार्य अझ मजबुत बनाउने उद्देश्य रहेको बताइन्। उनका अनुसार व्यापार, लगानी, जलवायु कार्य, र बहुपक्षीय सहकार्यका क्षेत्रमा नयाँ अवसरहरू खोजिनेछ।
उनले भनिन्, 'टिम युरोपका रूपमा हामी नेपालसँग मिलेर अझ समृद्ध, दिगो र समावेशी भविष्य निर्माण गर्न तयार छौँ।'
यो भ्रमणलाई नेपाल–ईयू सम्बन्धमा कूटनीतिक, आर्थिक तथा विकास सहकार्य विस्तारको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १५:५२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...
जेष्ठ ११ गते, २०८३ - १५:३६
काठमाडौं । सोमबार नेपालको सेयर बजार मापक सूचक नेप्से परिसूचकमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २७.८५ अंक (करिब १ प्रतिशत) ले बढेर ...
जेष्ठ ११ गते, २०८३ - १५:२३
महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजी ...
जेष्ठ ११ गते, २०८३ - १५:१०
काठमाडौं । उच्चस्तरीय भ्रमणका लागि नेपाल आएको युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेट गर्ने भएको छ। ...
जेष्ठ ११ गते, २०८३ - १४:३७
काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स...
जेष्ठ ११ गते, २०८३ - १४:२०
लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...
जेष्ठ ११ गते, २०८३ - १३:५८
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोल...
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...
जेष्ठ ११ गते, २०८३ - १३:०३
काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: