Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विप्लव नेतृत्वको नेकपामा पार्टी एकताका लागि नेतृत्वमाथि दबाब, माओवादी केन्द्रसँग एकताको तयारी

खबरडबली संवाददाता

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा पार्टी एकता र बामपन्थी ध्रुवीकरणका विषयमा तीव्र बहस सुरु भएको छ । 

कपिलवस्तुको शिवगढीमा हिजोदेखि सुरु भएको बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले महासचिव विप्लवले प्रस्तुत गरेका प्रस्तावमाथि आफ्ना धारणा राख्न थालेका छन् ।
बैठकमा महासचिव विप्लवले नेपालको बामपन्थी आन्दोलनलाई विभाजनबाट मुक्त गरी एकीकृत रूपमा अघि बढाउनुपर्ने र त्यसका लागि नयाँ ढङ्गले पार्टी एकता तथा ध्रुवीकरणको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार, विगतका एकताहरू ‘व्यक्तिकेन्द्रित’ ढङ्गले सीमित भएकाले यसपटक वैचारिक र संगठनात्मक आधारमा दिगो एकता हुनुपर्ने आवश्यकता छ ।

विप्लवले बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको सम्भावित पार्टी एकताबारे समेत चर्चा गर्दै, उक्त एकता प्रक्रियालाई रोक्नकै लागि माओवादी केन्द्रभित्रकै केही शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् । उनले भने, “नेकपा माओवादी केन्द्रका एक नेताले अनलाइनमाध्यममार्फत पार्टी एकता रोक्ने उद्देश्यले प्रचार गरिरहेका छन् । ती नेताले एकता नहोस् भन्ने चाहेका छन्, तर त्यो सोच अब असफल हुन्छ ।”

बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले महासचिवको विचारलाई समर्थन जनाउँदै पार्टी एकताका विषयमा छिटो निर्णय गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार, माओवादी आन्दोलनका शक्तिहरूलाई पुनः एउटै मोर्चामा ल्याएर नयाँ वैचारिक, राजनीतिक र संगठनात्मक आधारमा एकीकृत पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता हो ।

एक केन्द्रीय सदस्यले बताएअनुसार, बैठकमा पार्टी एकताबारे ठोस निष्कर्षमा पुग्ने वातावरण बन्दै गएको छ । उनका अनुसार, “हामीले नेतृत्वलाई माओवादी केन्द्रसँग चाँडै एकता गरेर अघि बढ्न दबाब दिएका छौँ । अहिले नेतृत्व पनि त्यस दिशामा सकारात्मक देखिन्छ ।”

भोलि बेलुकीसम्म चल्नेगरी तय गरिएको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताबारे औपचारिक निर्णय गर्ने तयारी गरेको जनाइएको छ । नेताहरूका अनुसार, बैठकको अन्त्यसम्ममा पार्टी एकताको स्पष्ट रूपरेखा सार्वजनिक गरिने सम्भावना रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: