संयुक्त राष्ट्रसङ्घ । गाजा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता अभियान तीव्र रुपमा अघि बढिरहेको छ । मार्च महिनापछि पहिलो पटक पकाउने ग्यास गाजामा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) ले जानकारी दिएको छ ।
प्राप्त विवरणअनुसार, विस्थापित परिवारहरूका लागि आवश्यक परेका थप पाल, ताजा फलफूल, पिठो तथा औषधी आइतबारभरि गाजामा आपूर्ति गरिएको छ ।संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदार संस्थाहरूले गाजाको उत्तर र दक्षिण क्षेत्रभरि लाखौँ तातो खाना तथा रोटी वितरण गरिरहेका छन् ।
ओसीएचाले जनाएअनुसार, इजरायली अधिकारीहरूबाट थप राहत सामग्री पठाउन आवश्यक स्वीकृति प्राप्त भइसकेको छ । यसअनुसार करिब एक लाख ९० हजार मेट्रिक टन खाद्यान्न, औषधी, आश्रय सामग्री लगायतका आवश्यक वस्तुहरू आपूर्तिको तयारीमा छन् ।
ओसीएचाले भनेको छ,“यो सहयोग अभियानको सुरुआत मात्र हो ।” युद्धविरामको पहिलो ६० दिनभित्र गाजाभर जीवनरक्षक सेवा तथा सामग्री पु¥याउने उद्देश्यले सहायता कार्यलाई विस्तार गर्ने योजना रहेको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता तथा आपतकालीन राहत समन्वयकर्ता टम फ्लेचरले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै भने,“हामीले पहिलो ६० दिनको अवधिमा दैनिक सयौं ट्रकमार्फत करिब एक लाख ७० हजार मेट्रिक टन राहत सामग्री खाद्य वस्तु, औषधी तथा अन्य आवश्यक सामग्री गाजामा पु¥याउने तयारी गरिरहेका छौं ।”
उनका अनुसार, यो अभियान अन्तर्गत करिब २१ लाख जनतालाई खाद्य सहायता, पाँच लाख जनालाई पोषण सेवा, १४ लाख जनालाई पानी तथा सरसफाइ सेवा उपलब्ध गराइनेछ । साथै, आश्रयका लागि व्यापक स्तरमा पाल तथा सामग्रीको व्यवस्था गरिनेछ भने करिब सात लाख स्कूले बालबालिकाका लागि अस्थायी शिक्षण केन्द्र पुनः सञ्चालन गरिने योजना रहेको छ ।
गाजामा युद्धविरामको सम्झौता इजरायल र हमासबीच गत शुक्रबारदेखि लागू भएको हो । सो सम्झौता इजिप्टको शार्म एल–शेखमा तीन दिनसम्म चलेको वार्तापछि सम्पन्न भएको हो, जसमा इजिप्ट, कतार, टर्कीए र संयुक्त राज्य अमेरिकाले मध्यस्थता गरेका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: