Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बारामा बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाराले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा औपचारिक रूपमा किटानी जाहेरी दर्ता गरेको छ ।

संघले सोमबार दिउँसो जाहेरी दर्ता गर्दै दुवैजनालाई जेन–जी आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट, तोडफोड तथा सरकारी संरचनामाथि भएको विध्वंसका घटनामा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न रहेको आरोप लगाएको छ । संघले सो घटनाका लागि उनीहरूलाई नै जिम्मेवार ठहराउँदै कानूनी कारबाहीको माग गरेको हो ।

जाहेरी दर्ता गर्नुअघि राष्ट्रिय युवा संघ बाराले शक्ति प्रदर्शनका रूपमा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो । एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भएका कार्यकर्ताहरूले राज्यविरुद्धको अराजकता र हिंसा रोक्नुपर्छ भन्ने नारासहित र्‍याली निकालेका थिए ।

युवा संघ बाराका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा पन्नाबागबाट सुरु भएको र्‍याली नगरका विभिन्न सडक हुँदै जिल्ला प्रहरी कार्यालय बारामा पुगेर समाप्त भएको थियो । त्यहाँ संघका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालय बाराका निम्मित प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बिजयराज पण्डितलाई जाहेरी पत्र बुझाएका थिए ।

संघका मधेश प्रदेश सह–इन्चार्ज तथा युवा नेता राम यादवले भने, ‘हामी शान्ति, स्थायित्व र कानूनी शासनको पक्षमा छौँ । बालेन शाह र सुदन गुरुङले नेतृत्व गरेको आन्दोलनले जनतालाई भ्रममा पार्दै हिंसालाई प्रोत्साहन दिएको छ । त्यसैले हामीले उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाएका हौँ ।’

देशका विभिन्न जिल्लामा जेन–जी आन्दोलनका क्रममा तोडफोड, सडक अबरोध र सरकारी सम्पत्तिमाथि आक्रमणका घटना भएका थिए । ती घटनामा विभिन्न राजनीतिक समूह र स्वतन्त्र कार्यकर्ताहरूको संलग्नता रहेको आशंका प्रहरीले जनाएको छ ।

संघले भने भविष्यमा पनि यस्ता गैरजिम्मेवार राजनीतिक व्यवहारविरुद्ध कानुनी र राजनीतिक रूपमा विरोध जारी राख्ने चेतावनी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: