काठमाडाैं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाराले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा औपचारिक रूपमा किटानी जाहेरी दर्ता गरेको छ ।
संघले सोमबार दिउँसो जाहेरी दर्ता गर्दै दुवैजनालाई जेन–जी आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट, तोडफोड तथा सरकारी संरचनामाथि भएको विध्वंसका घटनामा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न रहेको आरोप लगाएको छ । संघले सो घटनाका लागि उनीहरूलाई नै जिम्मेवार ठहराउँदै कानूनी कारबाहीको माग गरेको हो ।
जाहेरी दर्ता गर्नुअघि राष्ट्रिय युवा संघ बाराले शक्ति प्रदर्शनका रूपमा मोटरसाइकल र्याली आयोजना गरेको थियो । एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भएका कार्यकर्ताहरूले राज्यविरुद्धको अराजकता र हिंसा रोक्नुपर्छ भन्ने नारासहित र्याली निकालेका थिए ।
युवा संघ बाराका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा पन्नाबागबाट सुरु भएको र्याली नगरका विभिन्न सडक हुँदै जिल्ला प्रहरी कार्यालय बारामा पुगेर समाप्त भएको थियो । त्यहाँ संघका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालय बाराका निम्मित प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बिजयराज पण्डितलाई जाहेरी पत्र बुझाएका थिए ।
संघका मधेश प्रदेश सह–इन्चार्ज तथा युवा नेता राम यादवले भने, ‘हामी शान्ति, स्थायित्व र कानूनी शासनको पक्षमा छौँ । बालेन शाह र सुदन गुरुङले नेतृत्व गरेको आन्दोलनले जनतालाई भ्रममा पार्दै हिंसालाई प्रोत्साहन दिएको छ । त्यसैले हामीले उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाएका हौँ ।’
देशका विभिन्न जिल्लामा जेन–जी आन्दोलनका क्रममा तोडफोड, सडक अबरोध र सरकारी सम्पत्तिमाथि आक्रमणका घटना भएका थिए । ती घटनामा विभिन्न राजनीतिक समूह र स्वतन्त्र कार्यकर्ताहरूको संलग्नता रहेको आशंका प्रहरीले जनाएको छ ।
संघले भने भविष्यमा पनि यस्ता गैरजिम्मेवार राजनीतिक व्यवहारविरुद्ध कानुनी र राजनीतिक रूपमा विरोध जारी राख्ने चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: