Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

लमजुङका ८५ प्रतिशत प्रतिनिधि कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा

खबरडबली संवाददाता

लमजुङ । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै सुरु भएको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा लमजुङका ८५ प्रतिशत महाधिवेशन  प्रतिनिधिले हस्ताक्षर गरेका छन्। जिल्लाका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको नेपाली कांग्रेस जिल्ला समिति लमजुङले जनाएको छ ।

नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति एवं गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले जिल्लामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थिए । पौडेल जिल्लामा महामन्त्री गगन थापा पक्षधरका रुपमा चिनिन्छन्। हस्ताक्षर संकलनमा विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूको समेत हस्ताक्षर झिकाइएको थियो । विदेशबाट दस्तखत पठाउनेमा जीवनकुमार श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङ छन् ।

लमजुङमा जम्मा २८ जना महाधिवेशन प्रतिनिधिहरू ९जिल्ला सभापति पदेनसमेत० रहेका छन् । तीमध्ये २२ जनाले महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको छन् । पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षधर मानुनिभएका तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङ तथा पूर्वजिल्ला सभापति तुल्सीनारयण श्रेष्ठ लगायतले समेत महाधिवेशनको पक्षमा दस्तखत गरेको छन् । 

कुनै पक्षधरमा नभएको दावी गर्ने काँग्रेसका गण्डकी प्रदेशका सहसचिव एवं मध्यनेपाल नरगपालिकाका मेयर रमेशकुमार पाण्डेले समेत महाधिवेशनका पक्षमा दस्तखत गरेको छन् । २८ जनामध्ये २२ जनाको हस्ताक्षर भएको र अर्का एक महाअधिवेशन प्रतिनिधि रहनु भएकी दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ । 

महाधिवेसन प्रतिनिधि रहनुभएका जिल्ला सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा। टकराज गुरुङ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व जिल्ला सभापति एवम् सुन्दरबजार नगपालिकाका मेयर कृष्णप्रसाद कोइराला र सांस्कृतिक केन्द्रको केन्द्रीय समितिका अध्यक्ष तीर्थ थापाले भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको छैनन् । 

यो हस्ताक्षर अभियान कुनै गुटको नभई ‘विकसित घटनाक्रममा परिवर्तन चाहाने महाधिवेशन प्रतिनिधिहरूको’ रहेको हस्ताक्षरकर्ताहरुले बताएका छन् । यसको मुख्य उद्देश्य पार्टीलाई समयमै नियमित महाधिवेशन गर्न दबाब दिनु र त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नका लागि मार्ग प्रशस्त गर्नु रहेको महाविशेन प्रनिनिधि एवं तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले बताए । 

नेपाली कांग्रेसको विधानअनुसार, पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्नेछ । यसका अतिरिक्त, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई लिखित माग गरेमा पनि विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक प्रावधान छ, र यस्तो अवस्थामा लिखित माग भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ । जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमलाई कारण देखाउँदै यो अभियान सुरु गरिएको हस्ताक्षर पत्रमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधानअनुसार आगामी मंसिरभित्र नियमित महाधिवेशन गरिसक्नुपर्ने बाध्यता छ । यद्यपि, विशेष परिस्थितिका कारण देखाउँदै पार्टीले एक वर्षसम्म म्याद थप गर्न सक्ने प्रावधान पनि रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो : विश्वप्रकाश शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्: बालेन शाह

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् ।  बुधवार धनगढीमा आयोज...

ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...

कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...

बडिगाडको खोलाखर्कमा पिकअप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ...

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त - पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...

धनगढीमा पुगेर रवि लामिछाने भने : बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...

भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ घाइते

काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...

दुई वर्षमा बन्ने बाटो रास्वपाले डेढ वर्षमै बनाउँछ : बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE