Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

एमाले बैठकमा राजनीतिक प्रस्तावमाथि ५० सदस्यले राखे धारणा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्तावमाथि ५० जना सदस्यले आफ्नो धारणा राखेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार बुधबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘नेपालको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षक विशेष राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो विचार राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता गौतमले भने, “पार्टी केन्द्रीय कमिटीको १०औँ पूर्ण बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि सदस्यहरूले राय दिन थालेका छन् । अहिलेसम्म ५० जना केन्द्रीय सदस्यहरूले महत्वपूर्ण सुझाव दिएका छन् ।”

गौतमका अनुसार सदस्यहरूले अन्तरिम सरकार गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन, आगामी निर्वाचन र त्यसमा पार्टीको भूमिकाबारे चासो व्यक्त गरेका छन् । उनले भने, “सुझावहरू मुख्यतः अन्तरिम सरकार गठन प्रक्रिया, प्रतिनिधि सभाको विघटन सन्दर्भमा नेपालको धारणा, सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन र त्यसमा हाम्रो उपस्थिति कसरी हुने भन्ने विषयमा केन्द्रित छन् ।”

उनका अनुसार संविधान र लोकतन्त्रका पक्षधर शक्तिबीच संविधानका उपलब्धि र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि सहकार्य आवश्यक रहेको विषयमा पनि छलफल भएको छ । सदस्यहरूले आफ्नो क्षेत्रको विशेषता र राजनीतिक सन्दर्भका आधारमा विभिन्न कोणबाट विचार व्यक्त गरेको उनले बताए । बैठक भोलि बिहान ८ बजे पुनः बस्ने कार्यक्रम छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending