Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कांग्रेस बैठक पुन: भाेलि पनि बस्दै, महाधिवेशनको मिति तय गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल भएको छ । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सो जानकारी दिए । 

प्रवक्ता डा. महतले भने, “अधिवेशन चाँडोभन्दा चाँडो कसरी गर्न सकिन्छ, त्यो व्यवहारिक पनि होस् । गर्न सक्ने पनि होस्, सबैको सहभागीता पनि सुनिश्चित होस् । विधि, प्रक्रिया पनि राम्रोसँग फलो गरियोस्, त्यस किसिमबाट अधिवेशन कहिलेसम्म गर्न सकिन्छ केन्द्रीय समितिबाट निर्णय लिनुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ ।”

उनले आजको बैठकमा डा. शेखर कोइरालासहित सात जना केन्द्रीय सदस्यले आ–आफ्नो राय राखेकाे जानकारी दिए । 

उनका अनुसार असोज २८ गते बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले देश, पार्टीलाई जोड्ने महत्त्वपूर्ण सम्बोधन गरेकाे र बैठकले सभापति देउवाको मार्ग निर्देशनलाई मध्यनजर गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए । 

उनले भने, “पार्टी सभापतिले असोज २८ गते जुन सम्बोधन गर्नुभयो केन्द्रीय समितिलाई अत्यन्त महत्त्वपूर्ण कुरा बोल्नुभएको छ । पार्टीलाई, देशलाई जोड्ने किसिमको कुरा राख्नुभएको छ । त्यसप्रति केन्द्रीय समितिले आभार व्यक्त गरेको छ । उनको मार्गनिर्देशनलाई मध्यनजर राखेर अगाडि बढ्ने कुरा निर्णय भएको छ ।”

समग्रमा गत भदौ २३ र २४ गतेको घटना र त्यसबाट नवयुवा हताहत एवम् दुखद् परिस्थिती निर्माण भएको र यसले  राष्ट्रिय सम्पत्ति, व्यक्तिगत सम्पत्ति, व्यापार, व्यवसाय, नेताको घर तोडफोड, आक्रमण, आगजनी लगायतका घटनाले ठुलो क्षति पुर्‍याएको धारणा केन्द्रीय सदस्यहरुले राखेको उनको भनाइ छ ।

उनले बैठक पुनः भोलि बिहान ११ बजे बस्ने जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: