काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सो जानकारी दिए ।
प्रवक्ता डा. महतले भने, “अधिवेशन चाँडोभन्दा चाँडो कसरी गर्न सकिन्छ, त्यो व्यवहारिक पनि होस् । गर्न सक्ने पनि होस्, सबैको सहभागीता पनि सुनिश्चित होस् । विधि, प्रक्रिया पनि राम्रोसँग फलो गरियोस्, त्यस किसिमबाट अधिवेशन कहिलेसम्म गर्न सकिन्छ केन्द्रीय समितिबाट निर्णय लिनुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ ।”
उनले आजको बैठकमा डा. शेखर कोइरालासहित सात जना केन्द्रीय सदस्यले आ–आफ्नो राय राखेकाे जानकारी दिए ।
उनका अनुसार असोज २८ गते बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले देश, पार्टीलाई जोड्ने महत्त्वपूर्ण सम्बोधन गरेकाे र बैठकले सभापति देउवाको मार्ग निर्देशनलाई मध्यनजर गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने, “पार्टी सभापतिले असोज २८ गते जुन सम्बोधन गर्नुभयो केन्द्रीय समितिलाई अत्यन्त महत्त्वपूर्ण कुरा बोल्नुभएको छ । पार्टीलाई, देशलाई जोड्ने किसिमको कुरा राख्नुभएको छ । त्यसप्रति केन्द्रीय समितिले आभार व्यक्त गरेको छ । उनको मार्गनिर्देशनलाई मध्यनजर राखेर अगाडि बढ्ने कुरा निर्णय भएको छ ।”
समग्रमा गत भदौ २३ र २४ गतेको घटना र त्यसबाट नवयुवा हताहत एवम् दुखद् परिस्थिती निर्माण भएको र यसले राष्ट्रिय सम्पत्ति, व्यक्तिगत सम्पत्ति, व्यापार, व्यवसाय, नेताको घर तोडफोड, आक्रमण, आगजनी लगायतका घटनाले ठुलो क्षति पुर्याएको धारणा केन्द्रीय सदस्यहरुले राखेको उनको भनाइ छ ।
उनले बैठक पुनः भोलि बिहान ११ बजे बस्ने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: