काठमाडौं । कैलालीको जानकी गाउँपालीका–९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । उनीहरुले आपसी मिलेमतो तथा योजनामा आफ्नो पद ओहदाको दुरुपयोग गरी मृत्यु भई दर्तासमेत गरिसकेका व्यक्तिहरुलाई प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीमा नवीकरण गरे गराई सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको अभिलेखमा समावेश गराएको, एक व्यक्तिको नागरिकता नम्बरबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राहीको रुपमा अभिलेख राखेको, नवीकरण नै नभएका व्यक्तिहरुसमेत लाभग्राहीको रुपमा अभिलेख देखाई देखाउन लगाई उक्त अभिलेखहरुको सक्कल कागजातमा लाभग्राहीको दस्तखत/औठाछाप आफैंले गरेको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष भण्डारीसहित तत्कालीन वडा सचिव प्रेम बहादुर बुढा, जानकी गाउँपालिका वडा नंं ९ का कार्यालय सहयोगी सोनम कठरिया, जानकी गाउँपालिका वडा नं. ९ का तत्कालीन खरिदार पूर्ण बहादुर विष्ट, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल र शेर बहादुर विश्वकर्मालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । तत्कालीन वडासचिज बुढाले दाहिने हातको बुढी औलाको औठाछाप २८० थान, माझी औंलाको औठाछाप १९९ थान गरी जम्मा ४७९ थान औठाछाप गरेको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको बताइएको छ ।
त्यस्तै, कार्यालय सहयोगी कठरियाले दायाँ हातको बुढी औलाको औठाछाप जम्मा २०४ थान लगाएको पाइएको छ । उनीहरुले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नै नआएका लाभग्राहीहरु भनिएका व्यक्तिहरुको नवीकरण भएको झुट्टा कागजात तयार गरी बजेट प्राप्त गरी गराई बैक खातामा रकम निकासासमेत गरे गराएको पाइएको अख्तियारको भनाइ छ ।
उनीहरुले आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ को दोश्रो चौमासिकसम्म ६८३ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्तामा जम्मा ७३ लाख ३७ हजार ६ सय २७ अनियमितता गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: