Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

चितवनमा गत वर्षको तुलनामा विद्युतीय सामग्रीको व्यापार घट्यो

खबरडबली संवाददाता

चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार आधा घटेको बताउछन्। पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ । 
     
लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।”
 
पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ ।
     
विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसकेको र पहिलेको जस्तो उत्साह पनि नभएको बताए। 

नेपालमा तिहारका लागि आवश्यक पर्ने झालर भारत र चीनबाट आउने गर्दछन् । तीमध्ये तातोपानी र केरुङ भन्सारबाट आउने सामान रोकिएको र आएका विद्युतीय झालरसमेत बिक्न छाडेको चालिसेले बताए । “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौँ । अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोबार भएकामा यस वर्ष रु पाँचदेखि छ करोडको व्यवसाय हुने अनुमान गरिएको छ । व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र विद्युत्को काम गर्ने प्राविधिकले समेत काम नपाउने अवस्था छ”, उनले भने । 
 
विद्युतीय सामग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्लामध्ये एक पर्दछ । काठमाडौँ, पोखरालगायत सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको सङ्घमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्वी चितवनमा विद्युत् व्यवसायी सङ्घमा रहेका १४३ जना व्यवसायीलेसमेत व्यवसाय हुन नसकेको गुनासो गरेको उनले सुनाए । दसैँअघि भएको जेनजी आन्दोलनको  प्रभाव व्यवासयमा परेको उनले बताए ।
 
विद्युत् व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्षअघि जति पनि व्यापार नभएको बताए । उनको भनाइमा १० वर्षअघि विदेशबाट रु ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेकाले हरेक वर्ष बढ्नुपर्नेमा उल्टै घट्दै गएपछि व्यवसायीहरू निराश भएका छन् ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: