Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

ओर्बानद्वारा पुटिनसँग हङ्गेरीमा हुने अमेरिका-रुस शिखर सम्मेलनबारे छलफलको घोषणा

खबरडबली संवाददाता

बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बुडापेस्टमा आयोजना गर्न लागिएको अमेरिका-रुस शिखर सम्मेलन सम्बन्धमा छलफल गर्न शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणबारे आफ्नो पछिल्लो टिप्पणीका क्रममा दुई साताभित्र बुडापेस्टमा पुटिनसँग भेटघाट गर्ने अपेक्षा व्यक्त गरेका थिए । सो भेटले सम्भावित शान्ति सम्झौता तर्फको मार्ग खुल्ने आशा गरिएको छ ।

प्रधानमन्त्री ओर्बान युरोपेली सङ्घ (इयु) भित्र ट्रम्प र पुटिनका सबैभन्दा नजिकका सहयोगी मानिन्छन् । उनले युक्रेनका लागि पश्चिमी मुलुकको समर्थनको बारम्बार आलोचना गर्दै आएका छन् । “म आज बिहान दिउँसो अघि राष्ट्रपति पुटिनसँग कुरा गर्ने छु”, उनले शुक्रबार राज्य रेडियोसँगको अन्तर्वार्तामा भने । 

राष्ट्रवादी विचारधाराका नेताले बुडापेस्टलाई आज युरोपमा ‘शान्तिका लागि सम्भावनायुक्त एक मात्र ठाउँ’ का रूपमा चित्रित गरे । उनका अनुसार हङ्गेरीले निरन्तर शान्तिपूर्ण नीति अपनाउँदै आएको छ र यही कारण यस्तो उच्चस्तरीय वार्ताको आयोजना गर्न उपयुक्त स्थल बनेको हो ।

तर बुडापेस्टलाई शिखर सम्मेलन स्थलका रूपमा छनोट गरिनुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) द्वारा पुटिनमाथि जारी गरिएको गिरफ्तारी वारेन्टलाई बेवास्ता गरेको टिप्पणी पनि उब्जाएको छ । हङ्गेरीले आइसिसीबाट बाहिरिने घोषणा गरिसकेको भए पनि औपचारिक रूपमा सन् २०२६ सम्म अझै सदस्य राष्ट्र नै रहन्छ ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्टोले फेसबुकमार्फत बिहीबार राति अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर लान्डाउ र रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग पनि वार्ता गरेको जानकारी दिए । सन् २०१० देखि सत्तामा रहनुभएका प्रधानमन्त्री ओर्बानले ९५ लाख जनसङ्ख्या भएको आफ्नो देशलाई ‘विश्वसनीय र वफादार साझेदार’ का रूपमा वर्णन गर्दै हङ्गेरी सधैँ आफ्ना मित्र राष्ट्रको पक्षमा उभिएको दाबी गरे । 

तर इयुका नेतामा ओर्बानको कदमले चिन्ता पैदा गरेको छ । उनले युक्रेनमा हतियार पठाउन अस्वीकार गर्दै इयुको एकतालाई कमजोर बनाउँदै आएका छन् । साथै किएभको इयु सदस्यता प्रयासलाई निराश पार्दै र रूसमाथि कडा प्रतिबन्ध लगाउने प्रस्तावमा बारम्बार आपत्ति जनाउँदै आएका छन् ।

गत जुलाईमा ओर्बानले इयुको घुम्ती अध्यक्षता ग्रहण गरेलगत्तै किएभ, मस्को र बेइजिङको भ्रमण गरेका थिए । सो क्रममा उनले तत्कालीन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई समेत भेटी आफ्नो पहललाई ‘शान्ति मिसन’ का रूपमा चित्रण गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: