वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी उत्पादनशीलता बढाउन सक्ने बताएकी छिन् । तर यसले देशभित्र र देशबिच आर्थिक असमानता निम्त्याउने गम्भीर जोखिम पनि बोकेको छ ।
विश्व बैङ्क समूह र आईएमएफको सन् २०२५ वार्षिक बैठकका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एआई क्षेत्रमा भइरहेको तीव्र लगानीले ‘अविश्वसनीय आशावाद’ ल्याएको उल्लेख गरिन । “एआईले विश्व अर्थतन्त्रको वृद्धिमा ०.१ प्रतिशतदेखि ०.८ प्रतिशतसम्म योगदान दिन सक्छ, जुन निकै महत्वपूर्ण हो,” उनले भनिन ।
आईएमएफले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनमा सन् २०२५ को विश्व विकास दर अनुमान ३.२ प्रतिशतमा पुर्याइएको छ । तर भन्सार शुल्क (टारिफ) सम्बन्धी अस्थिरताले सन् २०२६ मा यो दर ३.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
जोर्जिएवाले थपिन्,“हामी अहिले झन्डै ३ प्रतिशतको वृद्धिदरमै अड्किएका छौँ । यदि एआईबाट थप वृद्धिदर हाँसिल गर्न सकियो भने, यो विश्वका लागि अत्यन्तै सकारात्मक उपलब्धि हुनेछ ।” “आईएमएफले ‘एआई तयारी सूचकाङ्क’ विकास गरेको छ, जसले चार वटा आधारमा देशको मूल्यांकन गर्छ ।
“एआई अपनाउने सन्दर्भमा उत्कृष्ट देश र पछि परेका देशबिच ठूलो खाडल छ,” उनले भनिन । “त्यसैले एआईले उत्पादकत्व त बढाउन सक्छ, तर यसले देशभित्र र देशबिच असमानता पनि बढाउने सम्भावना छ । त्यसैले तयारी अपरिहार्य हुन्छ ।” सोही अवसरमा जोर्जिएवाले ‘ग्लोबल नीति एजेन्डा’ सार्वजनिक गर्दै तीन प्रमुख प्राथमिकता उल्लेख गरिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: