मुस्ताङ । संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् ।
म्याग्दीको धौलागिरि पदमार्ग हुँदै धम्पुस लेकमा प्रवेश गरेपछि ३२ वर्षीय जर्मनी पर्यटक दामिनो डेल्फाप्लो र गाइड मिमा शुक्रबार राति साढे ९ बजेदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।
प्रनाउ लामाले भने, ‘‘सम्पर्कविहीन भएपछि खोजीकार्ये सुरू भएको छ, गाइडको मोबाइल समेत अफ छ ।’’ सम्पर्कविहीन पर्यटक र गाइड म्याग्दीको सिमानाबाट मुस्ताङमा प्रवेश गरेको पुष्टि भएपछि सेभेन समिट ट्रेक्सले हेली एभरेस्ट ले खोजी कार्य सुरू गरेको छ ।
सम्पर्कविहीन भएको स्थान आसपासमा हेलिकाेप्टरबाट खोजीकार्य गर्दा नभेटिएको अवस्थामा प्रहरीले स्थलगत खोजीकार्यलाई अगाडि बढाउने जनाएको छ । पदयात्रामा रमाउने विदेशी पर्यटकका लागि धौलागिरि फन्को मार्ने म्याग्दी र मुस्ताङतर्फबाट उक्त पदमार्गको प्रयोग गर्ने गरिन्छ । यस पदमार्गमा पर्ने रुटमा हिमपात हुने भएकाले साहसिक तथा जोखिमपूर्ण रहेको मानिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - १८:५२
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षा तहका शिक्षण संस्थाहरूलाई दिइएको निर्देशन कार...
पौष १८ गते, २०८२ - १८:५०
गण्डकी । कास्कीमा क्रियाशील राजनीतिक दलहरूबिच आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने सम्बन्धमा शुक्र...
पौष १८ गते, २०८२ - १८:२३
सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधानको रक्षा गर्न बामपन्थी तथा समाजवादी शक्तिबीच एकत...
पौष १८ गते, २०८२ - १७:४५
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - १७:४२
मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्ष...
पौष १८ गते, २०८२ - १७:३९
रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब ६ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको ...
पौष १८ गते, २०८२ - १७:३४
निजी लाभको उद्देश्यले सार्वजनिक पद, कार्यालय वा स्रोत–साधनको दुरुपयोग गर्नु नै भ्रष्टाचार हो । भ्रष्टाचार केवल नगद वा जिन्सी आर्जनमा सीमित छैन, यो धनी...
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...




प्रतिकृया लेख्नुहोस्: