Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

उदयपुर प्रशासनद्वारा राती ८ वजेपछि देउसी भैलाै खेल्न नखेल्न अनुराेध

खबरडबली संवाददाता

उदयपुर । उदयपुरमा राती ८ वजेपछि देउसी भैलाै खेल्न नपाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दैै दिपावली, नेपाल संवत र छठ पर्व मर्यादित र सुरक्षित ढंगले मनाउन आग्रह गरी राती ८ वजेपछि देउसी भैलाै खेल्न नपाइने जानकारी दिएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा शुक्रबार जारी सूचना अनुसार चाडपर्वका अवसरमा सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्दै परम्परा अनुरूप संस्कार र संस्कृतिको संरक्षण गर्न सबैलाई आग्रह गरिएको छ ।

सूचनामा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति ८ बजेसम्म मात्र गर्न र धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउन भनिएको छ। साथै आतिसबाजी, पटाका, भूइचम्पा, बमजस्ता विष्फोटक पदार्थको खरिद–बिक्री र प्रयोग नगर्न पनि निर्देशन दिइएको छ ।

दिपावली र छठ पर्वका बेला दियो तथा बत्ती बाल्दा आगलागी हुन सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले सबैलाई सचेत गराएको छ । साथै राजमार्ग र अन्य सडक अबरोध नगर्न, उपभोग्य वस्तुमा कालोबजारी, मिसावट वा मूल्यवृद्धि नगर्न र निषेधित जुवा, तास, चिट्ठा, अनलाइन ठगी तथा अवैध कारोबारजस्ता कार्यहरू नगर्न अनुरोध गरिएको छ ।

त्यस्तै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला नगर्न, ट्राफिक नियमको पालना गर्न, सवारीसाधनमा तोकिएभन्दा बढी यात्रु नबोक्न र नशा सेवन गरी सवारी नचलाउन निर्देशन गरिएको छ ।

प्रशासनले रातको समयमा पसल वा कम्पाउण्ड खुला नराख्न, संकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । कुनै व्यक्ति वा समूहले यस्ता कार्यविरुद्धका निर्देशन उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: