Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

अब तिलिचो पदयात्रामै फोरजी सेवा

खबरडबली संवाददाता

काठमाडौं । अब तिलिचो ताल घुम्न जाने पर्यटकले पदयात्राकै क्रममा फोरजी मोबाइल सेवा उपयोग गर्न सक्ने भएका छन् । समुद्री सतहदेखि करिब ४ हजार ३५० मिटर उचाइमा रहेको तिलिचो ताल क्षेत्रमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

फोरजी सेवा सुरु भएको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा उच्च प्रविधिको मोबाइल सेवा विस्तार भएकोमा खुशी व्यक्त गरे । 

सेवा सञ्चालनसँगै खाङ्सार–श्रीखर्क–तिलिचो आधार शिविर–बाइस घुम्ती हुँदै तिलिचो तालसम्मका बासिन्दा र पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने टेलिकमले जनाएको छ । साथै, पर्यटन तथा होटेल व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन यसले सहयोग पुग्ने जनाएको छ ।

उच्च उचाइ र प्रतिकूल मौसमका कारण कठिन मानिने यस क्षेत्रमा यात्राक्रममा पदयात्रीलाई स्वास्थ्यसम्बन्धी समस्या परेमा आपत्कालीन उद्धारमा पनि सहयोग पुग्ने टेलिकमको भनाइ छ ।

यसैगरी, दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा पदयात्रा मार्गको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । मंगलबारदेखि भिस्याट प्रविधिमार्फत सुरु गरिएको सो सेवाले बेदिङ, नागाउँ, च्छोरोल्पा, दुधकुण्ड, यालुङ बेसक्याम्प र टासी–लेप्चा पास बेसक्याम्प क्षेत्रका स्थानीय बासिन्दा र पर्यटकलाई सञ्चार सम्पर्कमा सहजता पुर्‍याउनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: