काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई “चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोस्” भन्ने चेतावनी दिएका छन् ।
शनिबार विराटनगरमा आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले ओलीले “चुनावमा नजाने” भन्ने घोषणामार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वलाई चुनौती दिन खोजेको आरोप लगाए ।
उनले भने, “गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा युवाहरूको नरसंहार हुँदा सरकारको नेतृत्वमा रहेका ओलीजस्ता पात्रहरूले अहिले पुनः टाउको उठाउन थालेका छन् ।”
अध्यक्ष साहका अनुसार एमाले चुनावको भयबाट ग्रस्त भएर जनताको अदालतमा उभिन डराइरहेको छ । “जनताको अदालतबाट भाग्नेहरू कहिल्यै असल राजनीतिक नेतृत्व हुन सक्दैनन्,” उनले टिप्पणी गरे ।
एमालेको केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित जनपरिचालन गर्ने र आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।
साहले ओलीले आफ्नो “राजनीतिक अपराध” ढाकछोप गर्न सिंगो पार्टीलाई दाउमा लगाएको आरोप लगाउँदै भने, “ओलीले चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोस्, यो देश र जनताप्रतिको अपराध हुनेछ ।”
उनले थपे, “एकातिर ओलीले चुनावमा नजाने घोषणा गर्छन्, अर्कोतिर एमालेका नेताहरू शीतलनिवास र निर्वाचन आयोगमा चुनावी तयारीका बैठकमा सहभागी हुन्छन्-यसले पार्टीको द्वैध चरित्र प्रष्ट देखाउँछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: