Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

परिवर्तित परिस्थितिमा रूपान्तरण हुने पार्टी माओवादी: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित परिस्थितिमा रूपान्तरण हुने पार्टी माओवादी भएकाे बताएका छन् ।

जनजागरणका युवासँग निरन्तर संवाद र छलफल भइरहेको बताउँदै संविधान संशोधन गरेर उनीहरूलाई बुझाउने कार्यक्रम जारी रहेकाे बताए । उनले भने-क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ । यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ ।

सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो । ‘लेनिनले भनेजस्तो क्रान्तिकारी पार्टी र नेताले मात्र गल्ती स्वीकार गर्छन् । बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन् । जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्छ । भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै होइनन्,’ उनले भने । 

उनले मुलुकको वर्तमान परिस्थिति असाधारण र जटिल रहेको बताउँदै अब जनताले साथ दिनु पर्ने समयमा आएकाे बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा महालक्ष्मीस्थानमा सम्पन्न नेपाल संवत् ११४६ को शुभकामना आदान-प्रदान, चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका थप बढेको उनले उल्लेख गरे । 

उनले वर्तमान अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको पनि जानकारी दिए । ‘गत भदौ २३ गते जनजागरणले बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलित भएर राजनीति र देशप्रतिको मायाँका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो। तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ। यो हामीले बुझ्नुपर्छ । त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्‍यौं,’ उनले भने । 

प्रचण्डले जनजागरण आन्दोलनका मागहरू पार्टीकै मागसँग मेल खाने भएकाले समर्थन गरेको उहाँले उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिए । 

प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुवात गरेको आरोप लगाए । पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने पत्रकारहरूले नभन्ने र यसको निराकरण सम्बन्धित पार्टी सदस्यहरूले नै गर्ने विषय भएकोमा पनि उनले जोड दिए । 

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूत गर्ने संविधान लेखेको उनले भने । माओवादी केन्द्र ललितपुर महानगर इन्चार्ज तथा संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका साथ नयाँ जिम्मेवारीमा रूपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending