Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

परिवर्तित परिस्थितिमा रूपान्तरण हुने पार्टी माओवादी: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित परिस्थितिमा रूपान्तरण हुने पार्टी माओवादी भएकाे बताएका छन् ।

जनजागरणका युवासँग निरन्तर संवाद र छलफल भइरहेको बताउँदै संविधान संशोधन गरेर उनीहरूलाई बुझाउने कार्यक्रम जारी रहेकाे बताए । उनले भने-क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ । यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ ।

सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो । ‘लेनिनले भनेजस्तो क्रान्तिकारी पार्टी र नेताले मात्र गल्ती स्वीकार गर्छन् । बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन् । जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्छ । भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै होइनन्,’ उनले भने । 

उनले मुलुकको वर्तमान परिस्थिति असाधारण र जटिल रहेको बताउँदै अब जनताले साथ दिनु पर्ने समयमा आएकाे बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा महालक्ष्मीस्थानमा सम्पन्न नेपाल संवत् ११४६ को शुभकामना आदान-प्रदान, चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका थप बढेको उनले उल्लेख गरे । 

उनले वर्तमान अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको पनि जानकारी दिए । ‘गत भदौ २३ गते जनजागरणले बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलित भएर राजनीति र देशप्रतिको मायाँका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो। तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ। यो हामीले बुझ्नुपर्छ । त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्‍यौं,’ उनले भने । 

प्रचण्डले जनजागरण आन्दोलनका मागहरू पार्टीकै मागसँग मेल खाने भएकाले समर्थन गरेको उहाँले उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिए । 

प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुवात गरेको आरोप लगाए । पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने पत्रकारहरूले नभन्ने र यसको निराकरण सम्बन्धित पार्टी सदस्यहरूले नै गर्ने विषय भएकोमा पनि उनले जोड दिए । 

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूत गर्ने संविधान लेखेको उनले भने । माओवादी केन्द्र ललितपुर महानगर इन्चार्ज तथा संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका साथ नयाँ जिम्मेवारीमा रूपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: