भक्तपुर । भक्तपुरका नेवार समुदायले स्वन्ती नखः (तिहार) पर्व फरक फरक दिनमा मनाउने भएका छन् । तिथि घटबढका कारण पर्व फरक फरक दिनमा मनाउन लागिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको पात्रो अनुसार नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारअन्तर्गत आज काग तिहार, कात्तिक ३ गते बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूजा, कात्तिक ४ गते गाई तिहार, कात्तिक ५ गते गोवर्द्धन पूजा, म्हः पूजा र नेपाल संवत्को शुभारम्भ तथा कात्तिक ६ गते किजा पूजा एवं भाइटिका परेको छ ।
यसैबिच, मध्यपुरथिमि नगरपालिकाका नेवार समुदायले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने भएका छन् । कात्तिक ४ गते साँझ ६ः १५ बजेसम्म औँसी तिथि रहेकाले सो दिन मात्र लक्ष्मीपूजा गर्न लागिएको थिमि लायकूका नायो पमाः (प्रधान नाइके) श्यामकाजी श्रेष्ठले बताए ।
यस्तै मध्यपुरथिमि–७, नगदेशस्थित लायकू (दरबार) को आह्वानमा गत असोज ३० गते बसेको नगदेश लायकू दरबारका नायो पमाः, पमाः, नगदेशका सम्पूर्ण खलःका प्रतिनिधि, नेवा दे दबूका प्रतिनिधि, ज्यापू महागुठीका प्रतिनिधि तथा बुद्धिजीवीको बैठकले लक्ष्मीपूजा कात्तिक ४ गते मनाउने निर्णय गरेको हो ।
बैठकले कात्तिक २ गते काग तिहार, ३ गते कुकुर तिहार, ४ गते लक्ष्मीपूजा, ५ गते म्हः पूजा, नेपाल संवत् र ६ गते किजा पूजा तथा भाइटिका मनाउने निर्णय गरेको नेवाः दे दबूका कृष्णबहादुर घजुले जानकारी दिए ।
भक्तपुर नगरका नेवार समुदायले भने म्हः पूजा कात्तिक ४ गते गर्ने भएका छन् भने किजा पूजा (भाइटिका) कात्तिक ५ गते गर्ने भएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गत असोज २२ गते बसेको भक्तपुरको तलेजुका पुजारी तथा ज्योतिषहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशीलगायत सहभागी रहेका थिए ।
भक्तपुरका नेवार समुदायमा कुनै चाडपर्व मनाउन तिथिमा अन्योल उत्पन्न भए तलेजु र लायकूको निर्णायानुसार गर्ने प्रचलन रहेको छ ।
सोही अनुसार यस वर्ष पनि तिथि घटबढका कारण तिहार मनाउन अन्योल उत्पन्न भएपछि तलेजु र लायकूका पुजारी, ज्योतिष र नायो पमाःहरूको बैठकले पर्व मनाउने दिन र समयका बारेमा निर्णय गरी सार्वजनिक गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: