Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

खाेटाङमा स्थानीयकाे श्रमदानबाट काठको पुल निर्माण

खबरडबली संवाददाता

खोटाङ । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । 

गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तिलक साम्पाङ किरातीले जानकारी दिए । 

“बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । खोलामा पानीको बहाव घटेको छैन”, उनले भने, “तत्कालका लागि मोटरसाइकल आवतजावत गराउन श्रमदानमार्फत काठको पुल निर्माण गरेका हौँ । अब जुनसुकै समयमा मोटरसाइकलमार्फत आवतजावत गर्न सकिने भएको छ ।”

दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित तापखोलाको शनिबारेमा काठको पुल निर्माण गरिएपछि मोटरसाइकलबाट सदरमुकाम दिक्तेललगायत ठाउँ आवतजावत गर्न सकिने भएको स्थानीयले बताएका छन् । गाउँपालिकाका उपप्रमुख गुरुराज राईसहितका जनप्रतिनिधि तथा स्थानीय युवा गरी ६५ जनाको सहभागितामा जनश्रममार्फत काठको पुल निर्माण गरेर सञ्चालन गरिएको वडाध्यक्ष राईले जानकारी दिए । 

दिक्तेल–पाथेका–फेदी सडक खण्डको तापखोलास्थित शनिबारेमा केपिलासगढी गाउँपालिका र वडा कार्यालय खार्ताम्छाको संयुक्त लगानीमा यातायात सञ्चालन गर्न शनिबारेमा खोला ढलान गरिएको थियो । सात वर्षअघि गरिएको ढलान बाढीले बगाएपछि उक्त गाउँपालिकाको तीन वडाका स्थानीयलाई १० किलोमिटर लामो दिक्तेल–खार्मी सडक पार गर्दै सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता बनेको थियो । 

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–पाथेका–फेदी सडक खण्डको तापखोलास्थित शनिबारेमा मोटरेबल पक्की पुल निर्माण गर्न यस वर्ष प्रदेश सरकारबाट बजेटसमेत उपलब्ध भएको छ । केपिलासगढी गाउँपालिकाका तीन वडाका स्थानीयले सदरमुकाम दिक्तेल तथा राजधानी काठमाडौँ आवतजावत गर्ने प्रमुख मार्गमा पर्ने शनिबारेमा निर्माण हुने कोशी प्रदेश सरकारको बहु वर्षे योजनाअन्तर्गत मोटरेबल पक्की पुलका लागि रु दुई करोड बजेट उपलब्ध भएको वडाध्यक्ष राईले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending