मुस्ताङ । जेनजी आन्दोलन र बाढी–पहिरो जस्ता विपत्तिका कारण पर्यटकीय चहलपहल घट्ने अनुमान विपरीत मुस्ताङमा पर्यटकको भीड बढ्न थालेको छ । धार्मिक र प्राकृतिक सौन्दर्यका कारण देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने मुस्ताङमा यो वर्षको पहिलो छ महिनामै तीन लाखभन्दा बढी पर्यटक पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार वैशाखदेखि असोजसम्म कुल ३ लाख ३४ हजार ७२६ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये १ लाख ८४ हजार स्वदेशी र १ लाख ५० हजार ३८८ विदेशी रहेका छन् । पर्यटकहरू बेनी–जोमसोम–कोरला सडकमार्ग, पोखरा–जोमसोम हवाईमार्ग र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै मुस्ताङ पुगेका हुन् ।
यो अवधिमा असोज महिनामा सबैभन्दा धेरै स्वदेशी पर्यटक पुगेका छन् । असोजमा मात्र ६२ हजार ५३३ स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । तीमध्ये ३४ हजार ५६४ पुरुष र २७ हजार ९६९ महिला थिए । त्यसैगरी सार्क राष्ट्रबाट असोजमा ६ हजार ६८७ (३ हजार ७१२ पुरुष र २ हजार ९७५ महिला) तथा तेस्रो मुलुकबाट १ हजार ४८ (६०८ पुरुष र ४४० महिला) पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।
गत वर्षको तुलनामा भने यस वर्ष पर्यटक आगमनमा सामान्य कमी आएको छ । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार गत वर्षको पहिलो छ महिनामा ३ लाख ५७ हजार २३८ पर्यटक मुस्ताङ पुगेका थिए, जसमा २ लाख २६ हजार ७९० स्वदेशी र १ लाख ३० हजार ४४८ विदेशी थिए ।
स्थानीय व्यवसायीका अनुसार जेनजी आन्दोलनका कारण केही विदेशी पर्यटकले भ्रमण स्थगित गरेका छन् । आन्दोलनका कारण सुरक्षाको चिन्ताले धेरैले नेपाल भ्रमण रद्द गरेको अनुमान गरिएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार आन्दोलनका कारण भारतीय र तेस्रो मुलुकका पर्यटक प्रभावित भएका छन् । सोह्रश्राद्धका लागि कागबेनी आउने हिन्दू धर्मावलम्बी पनि सडक अवरोधका कारण रोकिएका थिए । “तर अहिले फेरि पर्यटकको सङ्ख्या बढ्दै जाँदा व्यवसायीहरू उत्साहित भएका छन्,” उनले भने ।
विदेशी भ्रमण रद्द भएका बेला आन्तरिक पर्यटकको आगमनले स्थानीय व्यवसायीलाई राहत मिलेको छ । मुस्ताङ भित्रिने पर्यटकको विवरण घाँसास्थित चेकपोस्टमा सङ्कलन गरिन्छ, जबकि फर्किने क्रममा लेते प्रहरी चौकीमा तथ्याङ्क राखिने गरिएको छ ।
मुस्ताङ आउने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाभित्रका धार्मिक तथा प्राकृतिक स्थलहरूमा पुग्ने गर्छन् । अधिकांश पर्यटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गर्छन् ।
त्यस्तै मुस्ताङ हुँदै छिमेकी जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–९ मा रहेको विश्वकै अग्लो तिलिचो ताल (४,९१९ मि.) पनि पर्यटकको आकर्षण बनेको छ । तिलिचो ताल पुग्न मुस्ताङको बाटो सहज हुने भएकाले धेरै पर्यटक त्यतैबाट जाने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीमार्फत मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: