मुस्ताङ । जेनजी आन्दोलन र बाढी–पहिरो जस्ता विपत्तिका कारण पर्यटकीय चहलपहल घट्ने अनुमान विपरीत मुस्ताङमा पर्यटकको भीड बढ्न थालेको छ । धार्मिक र प्राकृतिक सौन्दर्यका कारण देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने मुस्ताङमा यो वर्षको पहिलो छ महिनामै तीन लाखभन्दा बढी पर्यटक पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार वैशाखदेखि असोजसम्म कुल ३ लाख ३४ हजार ७२६ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । तीमध्ये १ लाख ८४ हजार स्वदेशी र १ लाख ५० हजार ३८८ विदेशी रहेका छन् । पर्यटकहरू बेनी–जोमसोम–कोरला सडकमार्ग, पोखरा–जोमसोम हवाईमार्ग र विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै मुस्ताङ पुगेका हुन् ।
यो अवधिमा असोज महिनामा सबैभन्दा धेरै स्वदेशी पर्यटक पुगेका छन् । असोजमा मात्र ६२ हजार ५३३ स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । तीमध्ये ३४ हजार ५६४ पुरुष र २७ हजार ९६९ महिला थिए । त्यसैगरी सार्क राष्ट्रबाट असोजमा ६ हजार ६८७ (३ हजार ७१२ पुरुष र २ हजार ९७५ महिला) तथा तेस्रो मुलुकबाट १ हजार ४८ (६०८ पुरुष र ४४० महिला) पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।
गत वर्षको तुलनामा भने यस वर्ष पर्यटक आगमनमा सामान्य कमी आएको छ । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार गत वर्षको पहिलो छ महिनामा ३ लाख ५७ हजार २३८ पर्यटक मुस्ताङ पुगेका थिए, जसमा २ लाख २६ हजार ७९० स्वदेशी र १ लाख ३० हजार ४४८ विदेशी थिए ।
स्थानीय व्यवसायीका अनुसार जेनजी आन्दोलनका कारण केही विदेशी पर्यटकले भ्रमण स्थगित गरेका छन् । आन्दोलनका कारण सुरक्षाको चिन्ताले धेरैले नेपाल भ्रमण रद्द गरेको अनुमान गरिएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार आन्दोलनका कारण भारतीय र तेस्रो मुलुकका पर्यटक प्रभावित भएका छन् । सोह्रश्राद्धका लागि कागबेनी आउने हिन्दू धर्मावलम्बी पनि सडक अवरोधका कारण रोकिएका थिए । “तर अहिले फेरि पर्यटकको सङ्ख्या बढ्दै जाँदा व्यवसायीहरू उत्साहित भएका छन्,” उनले भने ।
विदेशी भ्रमण रद्द भएका बेला आन्तरिक पर्यटकको आगमनले स्थानीय व्यवसायीलाई राहत मिलेको छ । मुस्ताङ भित्रिने पर्यटकको विवरण घाँसास्थित चेकपोस्टमा सङ्कलन गरिन्छ, जबकि फर्किने क्रममा लेते प्रहरी चौकीमा तथ्याङ्क राखिने गरिएको छ ।
मुस्ताङ आउने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाभित्रका धार्मिक तथा प्राकृतिक स्थलहरूमा पुग्ने गर्छन् । अधिकांश पर्यटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गर्छन् ।
त्यस्तै मुस्ताङ हुँदै छिमेकी जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–९ मा रहेको विश्वकै अग्लो तिलिचो ताल (४,९१९ मि.) पनि पर्यटकको आकर्षण बनेको छ । तिलिचो ताल पुग्न मुस्ताङको बाटो सहज हुने भएकाले धेरै पर्यटक त्यतैबाट जाने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीमार्फत मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: