Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा

खबरडबली संवाददाता

टोकियो । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको बताइएपछि साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना झन् प्रबल भएको जापानी मिडियाले जनाएको छ ।

ताकाइची यसै महिनाको सुरुआतमा एलडिपीकी नेत्री निर्वाचित भएका हुन् । तर गठबन्धन पतनपछि उनको प्रधानमन्त्री बन्ने प्रयास अस्थायी रूपमा अवरुद्ध भएको थियो । त्यसयता एलडिपीले नयाँ राजनीतिक सहकार्यको माध्यमबाट ताकाइचीको प्रधानमन्त्री पदतर्फको मार्ग पुनः प्रशस्त गर्ने प्रयास गरिरहेको छ ।

क्योदो न्युजका अनुसार एलडिपी नेत्री ताकाइची र सुधारवादी दक्षिणपन्थी विपक्षी जापान इनोभेसन पार्टी (जेआइपी) की नेत्री हिरोफुमी योशिमुरा सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयार हुन्छिन् । उक्त समाचार संस्थाले दुवै दलका अज्ञात वरिष्ठ अधिकारीहरूको उद्धरण दिँदै रिपोर्ट गरेको हो ।

यस्तै, योमियुरी सिम्बुनका अनुसार पनि ‘ताकाइची र योशिमुराले सोमबार वार्ता सम्पन्न भएपछि औपचारिक रूपमा गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना उच्च छ ।’
एलडिपीको दीर्घकालीन गठबन्धन साझेदार कोमेइटो पार्टीले २६ वर्षपछि सत्तारूढ गठबन्धन तोडेसँगै जापान हाल राजनीतिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । विपक्षी दलहरू भने प्रधानमन्त्रीका लागि साझा उम्मेदवारमा सहमत हुन असफल भएका छन् ।

एलडिपी र जेआइपीबीच बन्न लागेको नयाँ गठबन्धनले मङ्गलबार ताकाइचीलाई प्रधानमन्त्रीका रूपमा संसद्बाट निर्वाचित गराउन सक्ने सम्भावना देखिन्छ । तथापि दुवै दल संयुक्त रूपमा संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा बहुमत प्राप्त गर्न दुई सिट टाढा छन् ।

यदि प्रधानमन्त्रीको मतदान दोस्रो चरणमा पुग्यो भने ताकाइचीलाई केवल अन्य दलका सांसदहरूको समर्थन आवश्यक पर्नेछ । यस्तो अवस्थामा उनि प्रधानमन्त्री पदमा निर्वाचित हुने सम्भावना उच्च रहेको राजनीतिक विश्लेषकहरूको मत छ ।

यो सम्पूर्ण राजनीतिक घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणको केही दिनअघि भइरहेको छ । ट्रम्प दक्षिण कोरियामा हुने वार्षिक एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान पुग्ने तय भएको छ ।

एलडिपी र जेआइपीका वरिष्ठ अधिकारीहरूले गत शुक्रबार टोकियोमा भएको वार्तामा केही महत्त्वपूर्ण सहमति गरेका थिए । तीमध्ये प्रमुख बुँदामा एलडिपीले खाद्य वस्तुमा उपभोग कर (कन्जम्पसन ट्याक्स) हालको १० प्रतिशतबाट घटाई शून्य बनाउने र कर्पोरेट तथा सङ्गठनात्मक चन्दा पूर्ण रूपमा समाप्त गर्ने जेआइपीको प्रस्तावलाई समर्थन गर्ने सहमति जनाएको हो ।

त्यसैगरी, एलडिपीले संसद् सदस्यको सङ्ख्या घटाउने जेआइपीको मागलाई पनि स्वीकार गरेको बताइएको छ । यसलाई योशिमुराले गठबन्धन प्रवेशका लागि ‘असम्झौतायोग्य शर्त’ भनेका थिए । 

यदि ताकाइची प्रधानमन्त्री बनेकी खण्डमा जेआइपीले मन्त्री पद नलिने तर पार्टीको तर्फबाट एक जना विशेष सल्लाहकारलाई सरकारमा समावेश गर्ने योजना रहेको टिभी असाहीले जनाएको छ ।

तर योमियुरी सिम्बुनका अनुसार योशिमुराले मन्त्री पद सम्हाल्ने कि क्याबिनेट बाहिरबाट मात्र सहयोग गर्ने भन्ने विषयमा अन्तिम निर्णय अझै नभएको स्पष्ट पारिन । एएफपीले यस विषयमा टिप्पणीका लागि सम्पर्क गर्दा एलडिपी र जेआइपीका अधिकारीहरू उपलब्ध हुन नसकेको जनाएको छ ।

यदि सम्झौता सोमबार औपचारिक रूपमा सम्पन्न भयो भने जापानको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको उदय हुने सम्भावना वास्तविकतामा परिणत हुनेछ र यो देशका लागि ऐतिहासिक क्षण ठहरिनेछ ।  रासस, एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending