Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर नेता किरणद्वारा छ दशक लामाे सक्रिय राजनीतिमा पूर्णविराम

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, सिद्धान्तनिष्ठ र संघर्षशील व्यक्तित्व मोहन वैद्य ‘किरण’ले करिब छ दशक लामो सक्रिय राजनीतिक जीवनलाई पूर्णविराम लगाएका छन् ।

गत वर्ष मंसिर २३ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित किरणले स्वास्थ्य समस्या देखाउँदै शनिबार राति पदबाट राजीनामा दिएका हुन् ।

काठमाडौंको कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा किरणले भर्चुअल माध्यमबाट आफ्नो राजीनामा घोषणा गरे । बैठकले राजीनामा स्वीकृत गर्दै वरिष्ठ नेता सीपी गजुरेललाई नयाँ महासचिव नियुक्त गरेको छ ।

नेता हुकुमसिंहका अनुसार किरण पछिल्लो समय निमोनिया र दमका कारण अस्वस्थ थिए । स्वास्थ्य अवस्थाका कारण जिम्मेवारी पूरा गर्न नसक्ने भएपछि उनले राजीनामा दिएका हुन् । सिंहका अनुसार किरण आगामी दिनमा पार्टी नेतृत्वमा नरहे पनि वैचारिक र सैद्धान्तिक मार्गदर्शकको भूमिकामा रहँदै संरक्षकका रूपमा योगदान दिनेछन् ।

७९ वर्षीय किरण वैशाखमा आमाको निधनपछि गृहजिल्ला दाङ गएका बेला बिरामी परेका थिए । जेठमा दम र निमोनिया बढेपछि उनी शिक्षण अस्पताल, महाराजगञ्जमा २२ दिनसम्म आइसीयूमा भर्ना भएका थिए । महासचिव पदबाट राजीनामा दिएसँगै उनको सक्रिय राजनीतिक यात्राको अध्याय औपचारिक रूपमा समाप्त भएको छ ।

२०५२ सालमा माओवादीले घोषणा गरेको जनयुद्धका मुख्य योजनाकार किरण २०६२/६३ सालको जनआन्दोलनपछि गणतन्त्र स्थापनासँगै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । जनयुद्धका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए पनि किरण प्रचण्डका गुरु, सल्लाहकार र युद्ध निर्देशनका प्रमुख पात्रका रूपमा चिनिन्थे ।

राजनीतिमा शिखरमा पुगेका किरण नेपाली साहित्य र दर्शनमा पनि ‘चैत्यन्न’ नामले चर्चित छन् । उनी शास्त्रीय मार्क्सवादी व्याख्याकार, सौन्दर्यशास्त्री र दार्शनिकका रूपमा परिचित छन् । सादा जीवन र उच्च आदर्शका प्रतीक किरणले कहिल्यै पनि लाभको पदमा रहेर काम गरेनन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सदस्य बनेका किरणले ६ महिनामै पद त्याग गरेका थिए । उनले जीवनभर नेपालमा जनवादी सत्ता स्थापना र वैज्ञानिक समाजवाद प्राप्तिको सपना बोकेका छन् ।

राजीनामासँगै किरणले भनेका छन्-“शारीरिक अवस्था कमजोर भएकाले पार्टीको जिम्मेवारी पूरा गर्न सक्दिनँ । मेरो राजीनामा स्वीकृत गरिदिनुहोस् । क्रान्तिकारी कम्युनिस्टहरूले आपसी एकता र मोर्चाबन्दी बनाएर अघि बढ्न जरुरी छ ।”

पार्टीका नेता इन्द्र राउतका अनुसार किरण अब वैचारिक–सैद्धान्तिक संरक्षकका रूपमा रहनेछन् र त्यसका लागि निर्देशक समिति गठन गर्ने निर्णय भएको छ । २०६९ सालमा शान्ति प्रक्रियापछि प्रचण्डसँग वैचारिक मतभेद भएपछि किरण माओवादीबाट अलग भएका थिए । त्यसपछि उनले नेकपा–माओवादीको नेतृत्व गरे । २०७३ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छुट्टिएपछि उनले नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) स्थापना गरी नेतृत्व सम्हालेका थिए ।

२००३ साल साउन १५ गते प्युठानको खैरा गाउँमा बुवा शशीधर र आमा जानुकाका घर जन्मिएका किरण सात भाइ र एक छोरीमध्ये जेठा थिए । उनी बाल्यकालमा धार्मिक संस्कारमा हुर्किए पनि किशोरावस्थासँगै अन्धविश्वासविरुद्ध र वैज्ञानिक सोचतर्फ आकर्षित भए ।

पुष्पलाल श्रेस्ठबाट प्रेरित किरण १८ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय भए । मोहनविक्रम सिंह र निर्मल लामालाई उनले आदर्शका रूपमा लिएका थिए ।

किरणले दाङको जनता महाविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट २०२८ सालमा नेपाली विषयमा एम.ए. गरेका थिए । लामो समय प्राध्यापन र प्रधानाध्यापनमा रहेपछि उनी पूर्णकालीन राजनीतिमा प्रवेश गरे ।

२०२५ सालमा पहिलोपटक जेल परेका किरण माओवादी जनयुद्धका क्रममा भारतको सिलगुढीमा पक्राउ परी तीन वर्ष बन्दीजीवनमा बसेका थिए । २०४० सालमा नेकपा मशाल विभाजनपछि मोटो मशालका महासचिव बनेका किरण २०४३ सालको सेक्टरकाण्ड असफल भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

२०४५ सालमा उनले प्रचण्डलाई महासचिव प्रस्ताव गर्दै सशस्त्र जनयुद्धको तयारीका लागि मार्ग प्रशस्त गरेका थिए । किरणले समय काल खण्डमा भन्ने गरेका थिए, “क्रान्तिहरू समयसँगै बिग्रन्छन्, अवसरवादी बन्छन् । अहिले पनि पुरानो राज्यसत्ता र दलाल पुँजीवाद कायम छ । त्यसलाई अन्त्य गर्न निरन्तर क्रान्ति अपरिहार्य छ ।”

राजनीतिक जीवनसँगै किरण साहित्यमा पनि सक्रिय रहे । महाकवि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालका कृतिबाट प्रभावित उनले २०१९ सालमै बनारसबाट प्रकाशित सुमन र सन्देश पत्रिकामा लेख प्रकाशित गर्न थालेका थिए ।

उनका प्रमुख कृतिहरूमा लाहुरेको रहर (२०३७), मार्क्सवादी कला दृष्टि र समीक्षा (२०५४), संघर्षको दर्शन (२०६०), नेपाली समाज र संस्कृति (२०६१), क्रान्ति र सौन्दर्य (२०६४), मार्क्सवाद र संस्कृति (२०६६), मार्क्सवादी दर्शन (२०६७), मार्क्सवादी सौन्दर्य चिन्तन (२०६९) र हिमाली दर्शन (२०७४) रहेका छन् ।

सादा र सरल जीवनशैलीका प्रतीक किरण अहिले पनि धापासीस्थित आफ्नो निवासमा श्रीमती सुषमा आचार्यसँगै बस्दै अध्ययन र लेखनमा सक्रिय छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: