Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

ताप्लेजुङमा कृत्रिम फूलमालाको कारोबार बढ्याे

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा कृत्रिम फूल मालाको कारोबार बढेको छ । जिल्लामा सयपत्री, मखमली लगायतका फूल नफुलेकाले कृत्रिम (प्लाष्टिक) फूल मालाको कारोबार बढेको हो ।

सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीका अनुसार कृत्रित फूलका मालाको कारोबार तुलनात्मक रुपमा वृद्धि भएको हो । सहर बजार क्षेत्रमा माग तथा आवश्यकता अनुसार प्राकृतिक फूल सयपत्री र मखमली नपाइने भएपछि कृत्रिम फूल मालाको मागसँगै कारोबार बढेको व्यवसायीको भनाइ छ ।

फुङ्लिङ बजारका अधिकारी फेन्सी स्टोर्सका सञ्चालक गोपाल अधिकारीले गतवर्षभन्दा यो वर्ष कृत्रिम फूल मालाको कारोबार सन्तोषजनक भएको बताए । व्यवसायी अधिकारीका अनुसार विगतमा भन्दा यो वर्ष तिहार केही छिटो भएकाले कृत्रिम फूल मालाको कारोबार तुलनात्मक रुपमा बढेको हो । उनले बजार क्षेत्र मात्र नभई ग्रामीण भेगका उपभोक्ताले समेत कृत्रिम फूलमाया खरिद गरिरहेको बताए । 

फुङ्लिङ बजारकै व्यवसायी पवित्रा काफ्ले मेहताले पनि गत वर्षभन्दा यसपटक प्लाष्टिक अर्थात् कृत्रिम फूल मालाको कारोबार राम्रो भइरहेको बताए । उनका अनुसार मालाको रुपमा प्रयोग गर्नेगरी गाउँघरमा सयपत्री र मखमली फुलिनसकेको भन्दै उपभोक्ताले कृत्रिम फूलको माला खरिद गर्ने गरेका छन् ।

फुङ्लिङ बजारका अर्का व्यवसायी भरत अधिकारीले पनि कृत्रिम फूल मालाको कारोबार राम्रै भइरहेको बताए । आयुस एण्ड अनुज कस्मेटिक पसलकी सञ्चालक सिर्जना श्रेष्ठले पनि कृत्रिम फूल मालाको व्यापार सन्तोषजनक नै रहेको बताए । उनले प्रतिगोटा न्युनतम् ५० देखि ७०० रुपियाँसम्मको कृत्रिम फूल माला बिक्री गर्दै आएको जानकारी दिए । 

यता गाउँघरमा तिहारमा प्रयोग गर्नेगरी रोपिएको सयपत्री र मखमली फूल भर्खर मात्र फुल्न थालेको स्थानीय बताउँछन् । यसवर्ष तिहार छिटो भएकाले सयपत्री र मखमली फूल फक्रनलाई बाँकी नै रहेको स्थानीयको भनाइ छ । फुङ्लिङ नगरपालिका–५ का स्थानीय बिक्रम लिम्बूले घर तथा कोठा सजाउनलाई कृत्रिम फूल माला राम्रै हुने बताए । भाइटीका लागि भने सयपत्री र मखमली फूलको खोजी भइरहेको लिम्बूले बताए । 

यता सयपत्री, मखमलीजस्ता प्राकृतिक फूलको अभाव भएकै कारण कृत्रिम फूलमाला खरिद गरिरहेको सर्वसाधारण बताउँछन् । गाउँमा घर–घरमा सयपत्री र मखमली रोपेको भए पनि आंशिक मात्र फुल्न थालेको अर्थात कोपिला अवस्थामै रहेकाले कृत्रिम फूल माला खरिद गर्न बाध्य हुनुपरेको उनीहरुको भनाइ रहेको छ । व्यापारीले भने कृत्रिम फूल माला तिहारमा मात्र नभई अन्य कार्यक्रममा पनि पटक पटक प्रयोग गर्न सकिनेभन्दै उपभोक्तालाई आकर्षित गर्ने गरेका पाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: