Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

बागलुङ ढाेरपाटनकी रिममाया तरकारी खेतीबाटै वार्षिक नौ लाख कमाउँछिन्

खबरडबली संवाददाता

बागलुङ ।  ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झरेकी थिइन् ।

गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो । बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपर्थ्यो । दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन ।

आफू बस्ने ठाउँ वरपरका स्थानीयले व्यावसायिक तरकारीखेती गरेको देखेपछि उनलाई बारीमा काम गर्ने इच्छा जाग्यो । त्यसपछि जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्न थालिन् । अहिले उनी बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित छिन् ।

बागलुङ नगरपालिका–४ ओढारचौरमा बुढाथोकीले तरकारीखेती सुरु गरेको चार वर्ष भयो । बजार नजिकै तरकारी फलाउने हुँदा बिक्री नहुने समस्या छैन । उनको बारीमा बाह्रै महिना तरकारी फल्छन् ।

बुढाथोकीले तरकारीसँगै पोहोर सालदेखि च्याउखेती पनि सुरु गरेकी छिन् । विसं २०७५ मा श्रीमान् र छोराछोरीसँगै बागलुङ झरेकी बुढाथोकीले बागलुङ नगरपालिका–४ मा १५ रोपनी जमिन वार्षिक रु ८३ हजार भाडा तिर्नेगरी लिजमा लिएर चारवटा च्याउ र तीनवटा टमाटरका टनेल निर्माण गरेकी छिन् ।

च्याउ, टमाटर, लौका, घिरौला, बोडी, सिमी, खुर्सानी, धनियाँ, साग, भेन्टा र विभिन्न तरकारीसँगै बुढाथोकीको बारीमा मसलाजन्य अदुवा र बेसार पनि उत्पादन हुन्छ । अहिलेसम्म रु २५ लाखभन्दा बढी लगानी गरेको उनले बताइन् ।

बुढाथोकीले भनिन्, ‘सुरुमा दिन कटाउन गाह्रो भएको थियो, अहिले दिनभर बारीमा काम गर्दा कतिखेर साँझ पर्छ पत्तै हुँदैन, यतिकै बस्नुभन्दा केही उद्यम गर्दा राम्रो हुन्छ भन्ने हिसाबले तरकारीखेती गर्न थालेकी थिएँ, अहिले राम्रो हुँदै गएको छ, बजार यहीँ भएको हुँदा बिक्री वितरणमा समस्या छैन, कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ ।’

अहिले राम्रो हुँदै गएको छ, बजार यहीँ भएको हुँदा बिक्री वितरणमा समस्या छैन, कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ । बुढाथोकीले तरकरीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको बताइन् । तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गरेकी छिन् । मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिएकी छिन् । रिममायालाई श्रीमान् कपिल र छोराछोरीले पनि समयसमयमा सघाउँछन् ।

बुढाथोकीले तरकारीखेती विस्तार र व्यवस्थापन गर्न समयसमयमा विभिन्न निकायबाट सहयोग पनि प्राप्त गरेका छिन् । उनले यसै वर्ष उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट च्याउखेतीका लागि टनेल व्यवस्थापन गर्न रु चार लाख सहयोग प्राप्त गरेको बताइन्।

अनुदान पाएपछि उत्पादन वृद्धि गर्न सहज भएको उनको भनाइ छ । तरकारीको बजार व्यवस्थापनमा समस्या नभए पनि पानीको अभाव हुँदा उत्पादनमा बढाउन समस्या भएको उनले सुनाइन् ।

अघिल्लो वर्ष कृषि ज्ञान केन्द्रबाट दुईवटा टमाटर टनेल र यस वर्ष मसला बाली व्यवस्थापनका लागि प्रविधि सहयोग प्राप्त गरेको उनले बताइन् । बागलुङ नगरपालिकाबाट समेत तीन वर्ष पहिले सहयोग प्राप्त गरेको बुढाथोकीको भनाइ छ। सिँचाइका लागि पानीको सुविधा नहुँदा समस्या भोग्नुपरेको उनले गुनासो पोखिन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले किसानलाई प्रोत्साहन गर्न अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताए । समयसमयमा फार्ममै पुगेर परामर्शसमेत प्रदान गर्ने गरेको उनको भनाइ छ।

बजार क्षेत्रमै राम्रो तरकारी उत्पादक किसानको छबि बनाएकी बुढाथोकीलाई आवश्यक तालिम र उपकरण पनि दिने प्रमुख सिलवालले बताए। पछिल्लो समय बागलुङमा धेरै किसान तरकारीखेतीतर्फ आकर्षित भइरहेको उनी बताउँछन् । यहाँ उत्पादन भएको तरकारीले बजार नपाउने समस्या नभएको सिलवालको भनाइ छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending