सल्यान। प्रहरी चौकीको भवन निर्माणका लागि सल्यानमा एक व्यक्तिले दुई रोपनी जग्गा दान गरेको छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर २ नेटामा अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानिय पैले बुढाले जग्गा दान गरेको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय सल्यानमा बसेको बैठकले गरेको निर्णय अनुसार बुढाले दान गरेको जग्गा जिल्ला मालपोत कार्यालयमा पास गरिएको हो ।
बैठकमा जग्गादाताका तर्फबाट बुढाले आफ्नो जग्गा अस्थायी प्रहरी चौकी स्थापनाका लागि दिने इच्छा व्यक्त गरे अनुसार निर्णय भएको हो । स्थानीय बजार व्यवस्थापन समितिको दुई महिने सूचना अनुसार उनले जग्गा दानका लागि इलाका प्रहरी कार्यालयमा आवेदन दिनुभएको थियो । सोही अनुसार उहाँको पाँच रोपनी ९ आना जग्गाबाट दुई रोपनी जग्गा अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि दानस्वरूप उपलब्ध गराउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको संयोजकत्वमा बसेको बैठकमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नापी तथा मालपोत कार्यालय, कुमाख गाउँपालिका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । बैठकले चौकी निर्माणको थप प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई जिम्मेवारी समेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १६:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...
फाल्गुन ६ गते, २०८२ - १५:५५
काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...
फाल्गुन ६ गते, २०८२ - १५:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...
फाल्गुन ६ गते, २०८२ - १५:२२
सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...
फाल्गुन ६ गते, २०८२ - १४:५३
सुलीकोट। गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने अन्तत: पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएक...
फाल्गुन ६ गते, २०८२ - १४:३८
चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन का...
फाल्गुन ६ गते, २०८२ - १४:२३
काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्...
फाल्गुन ६ गते, २०८२ - १४:११
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...
फाल्गुन ६ गते, २०८२ - १३:४७
काठमाडौँ । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर का...
फाल्गुन ६ गते, २०८२ - १३:४०
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई ज...



प्रतिकृया लेख्नुहोस्: