Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

उपल्लो मुस्ताङको दामोदर कुण्डमा अध्ययन केन्द्र बनाइने

खबरडबली संवाददाता

मुस्ताङ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डमा अध्ययन केन्द्र बनाइने भएको छ । 

स्वदेश तथा विदेशबाट आउने हिन्दू तथा वौद्ध धर्मावलम्बीहरूलाई अध्ययन र अनुसन्धानमा सहज हुने गरी केन्द्र बनाउन बजेट बिनियोजन गरिएको छ । समुन्द्री सतहबाट ४ हजार ८ सय ९० मिटर उचाइमा रहेको दामोदर कुण्ड क्षेत्रमा अध्ययन गर्न चाहनेलाई केही दिन विताउन सहज हुने गरी मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिले १ करोड बजेट विनियोजन गरेको छ । 

केन्द्र बनाउन आवश्यक पर्ने सामान ढुवानी खच्चडबाट गर्नुपर्ने भएकाले डिजाइन तयार गरेपछि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा विभिन्न धार्मिक क्षेत्रसँग समेत सहकार्य गरिने प्रजिअ भुषालको भनाई छ । केन्द्र बनाउन करिब ४ करोड लाग्ने अनुमान गरिएको छ ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको उद्घमस्थलको रुपमा समेत चिनिने दामोदरकुण्डमा पुग्ने धार्मिक अनुसन्धानकर्ताले संरचनाको अभावका कारण अध्ययन गर्न असहज भएको गुनासो गरेपछि समितिमार्फत १ करोड विनियोजन भएको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताए । प्रजिअ भुषाल भन्न्छन्, ‘‘दामोदर कुण्डको महिमाको अझै प्रचारप्रसार आवश्यक छ, थप बजेट जुटाएर नमुना धार्मिक अध्ययन केन्द्र बनाउँछौ ।’’ 

धार्मिक, पर्यटकीय दृष्टिले चर्चित कुण्ड क्षेत्रलाई हिन्दु र तथा वौद्ध धर्मावलम्बीहरू बाहेक भ्रमणमा आउने पर्यटकलाई समेत आर्कषित गर्न सकिने प्रजिअ भुषालको भनाइ छ । 

मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले मुक्तिनाथ, कागबेनी र दामोदर कुण्ड क्षेत्रमा जानेलाई सहज हुने गरी विभिन्न पूर्वाधार तथा सहयोगी निकाय, स्थानीय तहसँग समेत समन्वय गरेको छ । दामोदरकुण्डमा घोडा र पैदलमार्ग हुँदै पुग्नेलाई लेक लाग्ने समस्यालाई मध्यनजर गरी सिजनमा सचेतनामुलक अभियान तथा बिरामीलाई उपचारका लागि स्वास्थ्यकर्मीको परिचालन, अध्ययन केन्द्र निर्माणपछि प्राथमिक उपचारका साम्रगी समेत राखिने छ । 

दामोदर कुण्डमा नेपाल तथा भारतबाट धार्मिक समुहले लामो यात्रा गर्ने गरेकाले एकल र समुहमा जानेलाई  बास बस्न र भोजनमा सहज हुने गरी हाल निर्मित संरचनालाई समेत थप विस्तारका लागि पहल गर्ने मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीयसहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिइने भएकाले दामोदर कुण्डमा जाने धेरै नेपाली हुन्छन् । अब कुण्ड क्षेत्रमा जानेको तथ्याङ्क समेत राख्ने योजना बनाइएको दामोदर कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । 

सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिनपूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । 

हरेक वर्ष असारदेखि साउन महिना सम्म धर्मशालामा नि:शुल्क भोजन समेत हुन्छ । जोमसोम–कोरला सडकखण्ड अन्तरगत घिमीठाँटीसम्म सडक सञ्जाल र त्यहाँबाट पैदल तथा घोडामा दामोदरकुण्ड पुगेर दर्शन गरी फर्किने गरिएको छ। घोडामा दामोदर कुण्ड पुग्नेले प्रति व्यक्ति १० हजार तिर्नुपर्छ । दामोदर कुण्डलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान मानिन्छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुबेदीका अनुसार कुबेरका छोराहरुले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता रहेको छ । यस क्षेत्रबाट घरमा रहेको मन्दिरमा शालिग्राम शिलाराख्दा पुन्य कमाइने भएकाले तिर्थालुले शिला र जल लिएर जान्छन् । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन्। यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिव १ सय मिटर टाढा छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending