Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

उपल्लो मुस्ताङको दामोदर कुण्डमा अध्ययन केन्द्र बनाइने

खबरडबली संवाददाता

मुस्ताङ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डमा अध्ययन केन्द्र बनाइने भएको छ । 

स्वदेश तथा विदेशबाट आउने हिन्दू तथा वौद्ध धर्मावलम्बीहरूलाई अध्ययन र अनुसन्धानमा सहज हुने गरी केन्द्र बनाउन बजेट बिनियोजन गरिएको छ । समुन्द्री सतहबाट ४ हजार ८ सय ९० मिटर उचाइमा रहेको दामोदर कुण्ड क्षेत्रमा अध्ययन गर्न चाहनेलाई केही दिन विताउन सहज हुने गरी मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिले १ करोड बजेट विनियोजन गरेको छ । 

केन्द्र बनाउन आवश्यक पर्ने सामान ढुवानी खच्चडबाट गर्नुपर्ने भएकाले डिजाइन तयार गरेपछि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा विभिन्न धार्मिक क्षेत्रसँग समेत सहकार्य गरिने प्रजिअ भुषालको भनाई छ । केन्द्र बनाउन करिब ४ करोड लाग्ने अनुमान गरिएको छ ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको उद्घमस्थलको रुपमा समेत चिनिने दामोदरकुण्डमा पुग्ने धार्मिक अनुसन्धानकर्ताले संरचनाको अभावका कारण अध्ययन गर्न असहज भएको गुनासो गरेपछि समितिमार्फत १ करोड विनियोजन भएको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताए । प्रजिअ भुषाल भन्न्छन्, ‘‘दामोदर कुण्डको महिमाको अझै प्रचारप्रसार आवश्यक छ, थप बजेट जुटाएर नमुना धार्मिक अध्ययन केन्द्र बनाउँछौ ।’’ 

धार्मिक, पर्यटकीय दृष्टिले चर्चित कुण्ड क्षेत्रलाई हिन्दु र तथा वौद्ध धर्मावलम्बीहरू बाहेक भ्रमणमा आउने पर्यटकलाई समेत आर्कषित गर्न सकिने प्रजिअ भुषालको भनाइ छ । 

मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले मुक्तिनाथ, कागबेनी र दामोदर कुण्ड क्षेत्रमा जानेलाई सहज हुने गरी विभिन्न पूर्वाधार तथा सहयोगी निकाय, स्थानीय तहसँग समेत समन्वय गरेको छ । दामोदरकुण्डमा घोडा र पैदलमार्ग हुँदै पुग्नेलाई लेक लाग्ने समस्यालाई मध्यनजर गरी सिजनमा सचेतनामुलक अभियान तथा बिरामीलाई उपचारका लागि स्वास्थ्यकर्मीको परिचालन, अध्ययन केन्द्र निर्माणपछि प्राथमिक उपचारका साम्रगी समेत राखिने छ । 

दामोदर कुण्डमा नेपाल तथा भारतबाट धार्मिक समुहले लामो यात्रा गर्ने गरेकाले एकल र समुहमा जानेलाई  बास बस्न र भोजनमा सहज हुने गरी हाल निर्मित संरचनालाई समेत थप विस्तारका लागि पहल गर्ने मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीयसहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिइने भएकाले दामोदर कुण्डमा जाने धेरै नेपाली हुन्छन् । अब कुण्ड क्षेत्रमा जानेको तथ्याङ्क समेत राख्ने योजना बनाइएको दामोदर कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । 

सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिनपूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । 

हरेक वर्ष असारदेखि साउन महिना सम्म धर्मशालामा नि:शुल्क भोजन समेत हुन्छ । जोमसोम–कोरला सडकखण्ड अन्तरगत घिमीठाँटीसम्म सडक सञ्जाल र त्यहाँबाट पैदल तथा घोडामा दामोदरकुण्ड पुगेर दर्शन गरी फर्किने गरिएको छ। घोडामा दामोदर कुण्ड पुग्नेले प्रति व्यक्ति १० हजार तिर्नुपर्छ । दामोदर कुण्डलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान मानिन्छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुबेदीका अनुसार कुबेरका छोराहरुले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता रहेको छ । यस क्षेत्रबाट घरमा रहेको मन्दिरमा शालिग्राम शिलाराख्दा पुन्य कमाइने भएकाले तिर्थालुले शिला र जल लिएर जान्छन् । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन्। यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिव १ सय मिटर टाढा छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनगढीमा पुगेर रवि लामिछाने भने : बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...

भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ घाइते

काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...

दुई वर्षमा बन्ने बाटो रास्वपाले डेढ वर्षमै बनाउँछ : बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...

वैचारिक निष्ठा र सङ्घर्षको कसीमा लेखनाथ न्यौपाने, गोरखा–२ मा पहिलो चुनावी परीक्षा

सुलीकोट। गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने अन्तत: पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएक...

चितवनमा उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस

चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन का...

नेपाललाई सुधार चाहिएको छ, अबको पाँच वर्ष खेर फाल्दैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्...

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...

पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ

काठमाडौँ । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर का...

झापामा ६२ उम्मेदवारले खोले निर्वाचन खाता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE