Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

रुपन्देहीका १० उद्योगमा विद्युत् लाइन काटियो

ट्रंकलाइन महसुल विवादले बुटवल–भैरहवा औद्योगिक करिडोर अन्धकारमा

खबरडबली संवाददाता

बुटवल। नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन महसुल विवादका कारण बुटवल–भैरहवा औद्योगिक करिडोरका १० उद्योगको विद्युत् लाइन काटेको छ। शुक्रबार साँझदेखि प्राधिकरणले ती उद्योगमा बिजुली आपूर्ति बन्द गरेको हो।

प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल मिल, घराना फुड्स, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए।

विवादको पृष्ठभूमि

यी उद्योग र प्राधिकरणबीच ट्रंकलाइन महसुल सम्बन्धी विवाद पछिल्ला चार वर्षदेखि जारी छ ।  उद्योगीहरूले आफूहरूले ट्रंकलाइनको माग वा उपयोग नगरेको दाबी गर्दै प्रिमियम महसुल तिर्न अस्वीकार गर्दै आएका छन्।

उनका अनुसार चार वर्षसम्म नियमित महसुल तिर्दै आएका बेला प्राधिकरणले अचानक ६७ प्रतिशत बढी दरको बिल पठाउँदा विवाद चर्किएको हो। साहूका भनाइमा, “हामीले ट्रंकलाइन माग र प्रयोग गरेको प्रमाण प्राधिकरणले देखाउनुपर्छ, त्यसपछि मात्रै महसुल तिर्न सकिन्छ। आफ्ना कर्मचारीको गल्तीको भार उद्योगीमाथि बोकाउन मिल्दैन।”

प्राधिकरणको निर्णय र आन्तरिक मत

२०७५ चैत २५ गते प्राधिकरणका सञ्चालक सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा गठित समितिले पञ्चकन्या करिडोरलाई भैरहवा सबस्टेसनबाट अमुवा सबस्टेसनमा जडान गर्दा ट्रंकलाइनमा रूपान्तरण भएको प्रतिवेदन पेश गरेको थियो।

तर सोही प्रतिवेदनमा भैरहवा वितरण केन्द्रका प्रमुख उमेशचन्द्र झाले ती उद्योगलाई “प्रिमियम दरमा होइन, सामान्य दरमै महसुल लिनुपर्छ” भन्ने आन्तरिक राय दिएका थिए।

उद्योगीको दाबी– ‘निरन्तर विद्युत् नै थिएन’

उद्योगीहरूका अनुसार विवादित अवधिमा ६ घण्टाभन्दा बढी लोडसेडिङ हुने गरेको र २० घण्टा निरन्तर विद्युत् आपूर्ति कहिल्यै नभएकोले कानुनी मापदण्डअनुसार प्रिमियम दर लाग्नै नपर्ने अवस्था थियो।

तसर्थ, उनीहरूले बक्यौता महसुल पुनरावलोकन गर्न समिति गठन गरिएकोमा हाल ऊर्जामन्त्री कुलमान घिसिङले सो समिति बदर गरेपछि न्यायिक प्रक्रिया बन्द भएको बताएका छन्।

साहूले भने, “कुलमान घिसिङको ‘इगो’का कारण बुटवल–भैरहवा करिडोरका उद्योगहरू अन्यायको शिकार भएका छन्। माग नै नगरेको बिजुलीको बक्यौता तिर्न हामी तयार छैनौं।”

उद्योगीको चेतावनी

प्राधिकरणले १२ असोजमा २१ दिनको म्याद दिँदै बक्यौता तिर्न ताकेता गरेपछि उद्योगहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै ‘महसुल तिर्नुभन्दा बरु उद्योग बन्द गर्ने’ चेतावनी दिएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले भने, “यदि जबरजस्ती महसुल तिराउन खोजियो भने डेढ दर्जन उद्योग बन्द हुने र करिब २५ हजार श्रमिक बेरोजगार हुने खतरा छ।”

आचार्यका अनुसार यसले उद्योगमा लगानी गरेका बैंक तथा वित्तीय संस्थालाई पनि जोखिममा पार्नेछ र समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नेछ।

समाधान खोज्ने बाटो बन्द

यसअघि केपी शर्मा ओलीको सरकारले गठन गरेको पुनरावलोकन समितिमा उद्योगहरूले माघ २०७२ देखि वैशाख २०७५ सम्मको बक्यौताका लागि ५ प्रतिशत धरौटी बुझाएर पुनरावलोकन निवेदन दिएका थिए।

तर, हालको प्राधिकरण सञ्चालक समितिले उक्त समिति नै बदर गरेपछि उद्योगीहरूले आफूहरूलाई न्यायको ढोका बन्द गरिएको बताएका छन्।

एसआर फुड्सका सञ्चालक सुमन भुसालले भने, “टीओडी मिटरमा हाम्रो विद्युत् खपतको समय र घण्टा सबै विवरण छ, तर प्राधिकरणले त्यसको प्रमाण दिन सकेको छैन। माग र उपभोगको प्रमाण बिना प्रिमियम दरको महसुल कसरी तिर्ने?”

भुसालका अनुसार ऊर्जामन्त्रीले विवाद समाधानका लागि तेस्रो पक्ष (विद्युत् नियमन आयोग वा अदालत) ले निर्णय गरोस् भन्ने बताएका भए पनि समिति बदर गर्नु नै शंकास्पद कदम हो।

महसुल विवादका कारण अहिले बुटवल–भैरहवा औद्योगिक करिडोरका ठूला उद्योगहरू उत्पादन बन्दको जोखिममा परेका छन् । उद्योगीहरूले न्यायिक पुनरावलोकनको बाटो खोल्न माग गरेका छन् भने प्राधिकरण आफ्नो निर्णयमा अडिग देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending