Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

संयुक्त राष्ट्रसङ्घले ‘काम गर्न छोडेको छ’ : ब्राजिलका राष्ट्रपति लुला

खबरडबली संवाददाता

क्वालालम्पुर । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले शनिबार संयुक्त राष्ट्रसङ्घ (युएन) र अन्य बहुपक्षीय संस्थाले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने कठोर टिप्पणी गर्दै गाजाका युद्धपीडितको संरक्षणमा असफल भएको आरोप लगाएका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लुलाले भने, “गाजा पट्टीमा यति लामो समयदेखि भइरहेको नरसंहारलाई कसरी स्वीकार गर्न सकिन्छ ? ती संस्था, जसलाई यस्ता अत्याचार रोक्नका लागि स्थापना गरिएको थियो, आज निष्क्रिय बनेका छन् । संयुक्त राष्ट्रसङ्घ र यसको सुरक्षा परिषद अब काम गर्दैनन् ।”

उनले मलेसियासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय समुदायले मानवताको पक्षमा ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उक्त अवसरमा राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति समेत व्यङ्ग्य गर्दै भने, “एकजना नेताका लागि नोबेल पुरस्कारभन्दा टाउको उठाएर हिँड्न सक्नु धेरै महत्त्वपूर्ण कुरा हो ।”

ट्रम्प हाल एसियाली भ्रमणमा रहेका छन् । उनले आफ्नो भ्रमणको अन्तिम दिन बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्नु हुने छ । यसअघि, उनि आइतबार थाइल्यान्ड र कम्बोडियाबिच हुने शान्ति सम्झौतामा हस्ताक्षर साक्षी बन्ने अपेक्षा गरिएको छ, जसमा अमेरिकी मध्यस्थता रहेको बताइएको छ ।

नर्वेको नोबेल समितिले भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई यस वर्षको शान्ति पुरस्कार प्रदान गरेपछि ट्रम्पलाई बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले असन्तोष जनाएको थियो । जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि ट्रम्पले आफूले विश्वका धेरै द्वन्द्व समाधान गर्न योगदान दिएको भन्दै नोबेल पुरस्कारको योग्य भएको दाबी गर्दै आएका छन् । यद्यपि विश्लेषकले त्यसलाई अतिरञ्जित ठानिरहेका छन् ।

यसबिच, ट्रम्प र लुलाबिच पछिल्ला महिनामा सम्बन्ध पुनः स्थापनाको सङ्केत देखिएको छ । दुवै नेताबिचको सम्बन्ध अघिल्लो वर्षका तिक्त घटनाका कारण तनावपूर्ण बनेको थियो-विशेषतः ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको मुद्दा र सजायका विषयमा । ट्रम्पले बोल्सोनारोप्रति सहानुभूति देखाएपछि लुला प्रशासनसँगको सम्बन्ध बिग्रिएको थियो ।

ट्रम्प प्रशासनले ब्राजिलका धेरै उत्पादनमा ५० प्रतिशत कर वृद्धि गरेको थियो र ब्राजिलका सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । सेप्टेम्बरमा ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि गरिएको असफल ‘कू प्रयास’ मा संलग्नताको आरोपमा २७ वर्षको जेल सजाय सुनाएको थियो ।

तर संयुक्त राष्ट्र महासभाको साइडलाइनमा दुवै ७९ वर्षीय नेताबिच भएको छोटो भेटपछि सम्बन्ध पुनः सामान्य बन्दै गएको देखिन्छ । त्यसयता उहाँले अक्टोबर ६ मा टेलिफोन वार्ता गरेका थिए । आसन्न आसियान शिखर सम्मेलनमा प्रत्यक्ष भेट हुने सम्भावना रहेको बताइएको छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: