काठमाडौं । देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा १३ जनाको मृत्यु भएको छ । सबैभन्दा ठूलो दुर्घटना रुकुम पश्चिममा भएको छ, जहाँ जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिममा बोलेरो जिप दुर्घटनामा रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित सडकमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा कमला वली, टेकजंग बुढा, दिलमाया बुढा, कल्पना नेपाल, मनिका वली, सर्मिला विक, गोपाल वली र सबिता विक रहेका छन् । दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको सल्लेमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
स्याङ्जाकाे पुतलीबजार नगरपालिका–१४ आमडाँडास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४५ वर्षीय माधव प्रसाद लम्सालको घटनास्थलमै मृत्यु भएको छ । प्युठानकाे माण्डवी गाउँपालिका–५ रम्दीस्थित सडकमा गाडी दुर्घटना हुँदा चालक २६ वर्षीय निरज नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको छ । गाडीमा सवार अन्य ३ जनालाई बुटवल रिफर गरिएको छ ।
रूपन्देहीकाे देवदह नगरपालिका–९ घोडाह जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय सम्सेर खानको सिद्धबाबा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
दाङकाे घोराही उपमहानगरपालिका–१३ ओडारखोलास्थित सडकमा अटो दुर्घटना हुँदा अटोमा सवार ३६ वर्षीया बम कुमारी विकको नेपालगञ्जस्थित संजिवनी मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य ६ जनाको घोराहीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाकाे रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २८ वर्षीय अर्जुन विकको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: