काठमाडौं । गृह मन्त्रालयले जेनजी पुस्ताको अगुवाइमा भइरहेका प्रदर्शन र गतिविधिपछि आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारीमा सरकार केन्द्रित रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति र समूहका नाममा आन्दोलनका कार्यक्रम सार्वजनिक भइरहेका विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता ल्याउन खोज्ने स्वार्थ समूहहरूले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति र अराजकता फैलाउने सम्भावना देखिएकाले आयोजकहरू सचेत रहनु आवश्यक छ।”
मन्त्रालयले सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत–साधनको व्यवस्था र राजनीतिक दलहरूसँग संवादमार्फत निर्वाचनको वातावरण निर्माण गरिरहेको जानकारीसमेत दिएको छ।
त्यसक्रममा, नागरिकको शान्तिपूर्वक बाँच्ने अधिकार, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने अधिकार र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबै पक्षलाई संयम अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सरकार सबैको जायज माग र चासोलाई सम्बोधन गर्न सदा तत्पर छ। त्यसैले धर्ना, जुलुस र आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध गर्दछौं।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: