Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद: प्रभु साह

खबरडबली संवाददाता

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा माग गरेका छन्। जेन–जी आन्दोलनमा युवाहरूको हत्या गर्नेहरूलाई यो सरकारले जोगाउन खोजेको उनको आरोप छ।

पर्साको पर्सागढीमा शनिवार आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, ‘भदौ २३ गते युवाहरूमाथि नरसंहार गरियो, उनीहरूको छाती र टाउकोमा ताकी–ताकी गोली हानिएको छ। अहिलेसम्म हत्याराहरूलाई पक्राउ गर्न नसक्ने यो सरकारको अब काम छैन, गृहमन्त्री नै लुरे परे।’

साहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितका 'हत्याराहरूलाई' पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन गृहमन्त्री अर्यालले कुनै पहलकदमी नलिएको भन्दै आक्रोश पोखे। उनले गृहमन्त्री पहिले एमालेको कार्यकर्ता भएकै कारण ओली जस्तालाई कारबाही गर्न नसकेको आरोप लगाए ।

‘यो सरकार बनेको यतिका दिन बितिसक्यो, तर युवाहरूको हत्यारालाई कारबाही गर्न सकेको छैन। उल्टै हत्याराहरूको बलमा प्रहरी प्रशासनले आन्दोलनकारी युवाहरूमाथि छानि–छानि जाहेरी दर्ता गरिएको छ,’ साहले भने, ‘बालेन शाह र सुदन गुरुङविरुद्ध एमालेका युवाहरूले दिएको जाहेरी किन लिइयो? यो सरकारको गतिविधि आँफैमा शंकास्पद छ।’

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले जेन–जी पुस्ताको भावनामाथि गम्भीर खेलवाड गरेको आरोप लगाउँदै युवाहरूको हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगरी मुद्दा 'मुल्तवी'मा राख्नु दुर्भाग्यपूर्ण भएको बताए।

साहले युवाहरूको हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही गर्न नसक्ने यो सरकारको औचित्य समाप्त भएको भन्दै तत्काल मार्गप्रशस्त गर्न सुझाव दिए। उनले यो सरकारले कारबाही नगरे जनताले आफ्नै बलमा हत्याराहरूलाई जनकारबाही गर्ने चेतावनी पनि दिएका छन्।

उनले अहिलेको सरकारले युवाहरूको हत्यारालाई कारबाही नगरे जनताले आफ्नै बलमा हत्याराहरूलाई घरबाट थुतेर जनकारबाही गर्ने चेतावनी दिए। साथै, उनले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने, नारायणी हस्पिटललाई मेडिकल कलेज बनाउने, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय बनाउने लगायतका काममा पूर्वमन्त्रीहरूले ध्यान नदिँदा नागरिकले दुःख पाएको पनि बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending